शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देशको नक्सा बनाए थेँ चामलको दानाबाट

देशको नक्सा बनाए थेँ चामलको दानाबाट

  • मङ्लबार, असार २२, २०७८
देशको नक्सा बनाए थेँ चामलको दानाबाट

हाम्रो लागि छुन समेत अधुरा हो अपुरा हो
कमरेड! तपाई कुर्चिमा पुग्नु सानो कुरा हो

देशको नक्सा बनाए थेँ चामलको दानाबाट
नक्सा खायो, खाने आफ्नो घरकै कुखुरा हो

ठुल्ठुला खुुकुरी तरबारहरु, दाप भित्र बस्छन्
नाङ्गो बस्ने खुल्ला घुम्ने, भनेको सानो छुरा हो

एक्लो महसुस गर्न थाल्यो भन्नेले यसो भनेपछि
ऊ बा’ नभएको आमा नभएको, एक टुहुरा हो

माया,प्रेेम,साथ, सब चिज दिएकै छु तिमीलाई
अझै दिन बाँकि रहेको त्यहि सिन्दुर हो चुरा हो

छविलाल ‘महोदय
          प्युठान

हाल: दक्षिण भारत केरला

चर्चामा

सम्बन्धित समाचार