शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराबाट गर्भबतीको हेलिकप्टरबाट उद्धार

बाजुराबाट गर्भबतीको हेलिकप्टरबाट उद्धार

  • मङ्लबार, असार २२, २०७८
बाजुराबाट गर्भबतीको हेलिकप्टरबाट उद्धार

बाजुरा — बाजुरा जिल्लाको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रबाट मंगलबार गर्भबती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छन् । जगन्नाथ गाउँपालिका की १८ बर्षिया कमला बिष्टको हेलिकप्टरमार्फत उद्धार गरिएको बुढीनन्दा नगरपालिका स्वास्थ्य सह संयोजक ओमजङ शाहीले बताए ।
हिजो राती सुुत्केरी गराउन बिष्टलाई उनका आफन्तले कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र पुुर्याएका थिए । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुुत्केरी गराउन सम्भव नभए पछि कोल्टीबाट उद्धार गरी नेपालगंज पठाएको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन । प्राथामिक स्वास्थ्य चोकीले दिए अनुसार जानकारी भर्गबती महिलाको पेटको बच्चा उल्टो रहेकोले कोल्टिमा सामान्य डेलिभरी बाहेक अन्य बिधि नभएकोले अन्यन्त्र लैजान सिफारिसका आधारमा रिफर गरीएको अधिकारीले बताएका छन् ।
गर्भबती महिलाको राष्ट्रपति उत्थान कार्यक्रम अन्तरगत उद्धार गरीएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । गर्भवती महिलाको नियमित चेक जाच कार्ड हेर्दा असार ९ गते डेलिभरि मिति रहेकोमा सोमबार मात्र बेथा लागे पछि प्राथामिक स्वास्थ्य केन्द्र आएको बुढीनन्दा नगरपालिका स्वास्थ्य हस संयोजक ओमजोङ शाहीले बताए ।
नियमिति चेक जाच गरेको छ तर बच्चा उल्टो छ भन्ने सल्लाह जगन्नथका स्वास्थ्यकर्मीले जानकारी दिए नदिएको आफूलाई थाहा नभएको शाहीले बताए । नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगंज लगिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार