शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता – बाबाआमा को पुकार

कविता – बाबाआमा को पुकार

  • सोमवार, असार २१, २०७८
कविता – बाबाआमा को पुकार

जन्मेउको ठाउँ नभुल ए युवाहरु विदेशमाग गंएर ।
विदेशमा गंई दशहण्डर खाई गुलामी भंएर ।।
स-साना बालबच्चा जहान छोडि घरमा ।
सुख हुदैन कहिलै युवाहरु विदेशको भरमा ।।

आफ्नै देशमा जन्मेउ हुर्केयौं ठुलो भयौं ।
अहिले आफ्नो देशलाई छोडि विदेशमा गयौं ।।
विदेशमा गंएर गल्ली गल्ली काम खोजेउ कति ।
त्यो तातो घाममा काम गर्दा दुःख पायौं कति ।।

बरु एकछाक खाएर बस अब आफ्नै देशमा ।
त्यो तातो घाममा काम गर्न नजाउँ अब विदेशमा ।।
रुदै रुदै जान्छौ तिमी झोला बोकि विदेशमा ।
फर्क अब भन्दैछन् बाबाआमा आफ्नै देशमा ।।

हुदैन विदेश बसी फर्की आउ आफ्नै देशमा ।
सुख दुःख संगै गरेर खाउला नजाउँ अब विदेशमा ।।
विदेशमा गंएर रगत पसिना नबगाउँ भयो अबत ।
आफ्नो देशको गिटी बालुवा बेचिसक्यो उठ युवा जगत

चर्चामा

सम्बन्धित समाचार