शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • अछाममा ट्रयाक्टर दुर्घटना, चालक गम्भीर घाइते

अछाममा ट्रयाक्टर दुर्घटना, चालक गम्भीर घाइते

  • बिहिबार, असार १७, २०७८
अछाममा ट्रयाक्टर दुर्घटना, चालक गम्भीर घाइते

अछाममा ट्रयाक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा ट्रयाक्टर चालक २४ वर्षीय खकेन्द्र बोहरा र ५० वर्षीय पूर्ण बहादुर ठकुल्ला रहेका छन्। दुर्घटनामा परी चालक बोहरा गम्भीर घाइते भएका प्रहरीले बताएको छ। ठकुल्लाको अवस्था सामान्य रहेको र उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारबाट तिमिल्सैनतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००त ४४१२ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो। ट्रयाक्टर ढुङ्गा ओसारपसार गर्न गइरहेका बेला दुर्घटना भएको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार