बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु , एक घाइते

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु , एक घाइते

  • मङ्लबार, असार १५, २०७८
पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु , एक घाइते

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। मंगलबार बिहान खेतमा धान रोप्न र भैंसी चराउन गएका बेला एक महिलासहित तीन जनाको मृत्यु भएको हो। एक जना घाइते पनि भएका छन्।

पर्साको सखुवाप्रसौनी गाउँपालिका-४ देवरबानाका ५५ वर्षीय रघुवीर यादवको भैंसी चराउन गएका बेला परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै पटेर्वासुगौली गाउँपालिका-१ गदियानीका २७ वर्षीय रुस्लान गदीको पनि चट्याङ लागेर मृत्यु भएको छ।

पटेर्वासुगौली ४ स्थित पथलवाघाटतिर मंगलबार बिहान भैंसी चराउन गएका बेला खसेको चट्याङले लागेर रुस्लानको पनि घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै भैंसी चराउन गएका राजवली गदी, चट्याङ लागेर गम्भीर घाइते भएका छन्।

घाइते राजवलीलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए।
यस्तै खेतमा धान रोप्न गएका बेला चङटयाङ लागेर पर्साकै जीराभवानी गाउँपालिका-३ जितपुरकी ५० वर्षिया असतुरनी देवी थरुनीको पनि मृत्यु भएको छ।
गाँउकै रामसोगारत महत्तोको खेतमा मंगलबार बिहान धान रोप्न गएका बेला चट्याङ लागेर थरुनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक राजुबाबु यादवले जानकारी दिए।

मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार