शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बुधबारदेखि केही दिन ‘धेरै भारी’ वर्षाको सम्भावना, के होला आज ?

बुधबारदेखि केही दिन ‘धेरै भारी’ वर्षाको सम्भावना, के होला आज ?

  • मङ्लबार, असार १५, २०७८
बुधबारदेखि केही दिन ‘धेरै भारी’ वर्षाको सम्भावना, के होला आज ?

मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।

मनसुनी वायुको प्रभावले अहिले गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान विशेष बुलेटिन निकाल्दै भोलि बुधबारदेखि केही दिन ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहँदै मनसुन सक्रिय हुने भएकाले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यो अवस्था कम्तीमा बिहीबारसम्म कायम रहने भएकाले ती प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहँदै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार