शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • आज देशका यी भागमा भारी वर्षाको सम्भावना

आज देशका यी भागमा भारी वर्षाको सम्भावना

  • आइतवार, असार १३, २०७८
आज देशका यी भागमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ।

मनसुनी वायुको प्रभावले बिहान देशभर सामान्यदेखि पुर्ण बदली रहि बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

यसैगरी, आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार