शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सोँच आ-आफ्नै हुन्छ!

सोँच आ-आफ्नै हुन्छ!

  • शनिबार, असार १२, २०७८
सोँच आ-आफ्नै हुन्छ!

सुरेशकुमार पान्डे — यो चराचर जगतमा सबै भन्दा चेतनशिल प्राणि भनेको मान्छेनैहो।मान्छेमा सोचनशक्ति सहनशिलता र विवेक सिलता हुँदैन भने त्यो पनि एक प्रकारको पशुनै हो।हामिले धेरै कुरा गर्नुभन्दा ठिक कुरा गर्नुपर्छ।तर सवाल हुनसक्छ ठिक कुरा केलाई भन्ने?परिस्तितिको ठिक सँग मुल्याकन गरेर उत्तर दिने ब्यबहारलाई बुझ्नु पर्छ।अहिले देशभित्र दलितहरुको बारेमा बिभिन्न चर्चा परिचर्चा आएकोछ यस्तो छलफल आउँनु नराम्रो पक्कैपनि होईन।बाद बिबाद प्रतिबाद बाट केहिन कहि समाज सचेत हुन्छन।तर पनि अहिले एउटी दलित बिध्यार्थिले घरमालिकलाई आफु दलित भएकोले घर भाडामा नदिएको भनेर मिडियामा प्रसाशनमा पुगिन अनि घरबेटीलाई पक्रेर लग्यो पछि उनिहरु छुटे यो एउटा नाटकिए अन्दाजमा भयो।यहि बषयलाई लिएर बिभिन्न मडियाहरु खास गरेर सोसिल साईटमा बिभिन्न प्रकारका पक्ष बिपक्षमा प्रचारहरु भएको देखिन्छ।
दलितहरु माथि बिभेद हाम्रो समाजमा नयाँ कुराहोईन लगातार हुँदै आएकोछ।यो एकप्रकारको सामाजिक बिसङ्गतिहो तर पनि कसैले आफ्नो घरलाई भाडामा दिएन भनेर गरिएको छलबलमा भन्नुपर्दा कस्लाई दिने कस्लाई नदिने निर्णय गर्ने अधिकार त अबस्य पनि घरबेटीको हुन्छहोला?मलाई लाग्छ कसैले आफ्नो घरलाई भाडामा दिएन भन्दा बित्तिकै त्यो माथि प्रसासनिय कार्यवाही गर्नु जायज भने मलाई लाग्दैन।उस्ले आफ्नो घर कसैलाई दिन पनि सक्छ नदिनपनि सक्छ त्यो उस्को आफ्नो नितान्त ब्याक्तिगत मामिलाहो।यदी उस्ले क्रमसिल रुपमा पिजि वा रेस्ट हाउश जस्तो सार्वजनिक किरायाको लागि बनाएकोछ वा होटेल जस्तामा एउटा दलित भएकै कारण प्रवेशमा रोक लगाएकोछ भने त्यो कानूनी दायरा भित्र आउँन सक्छ।त्यो अबस्थामा अहिले रुपा सुनारले गर्ने कानूनी कार्वाही त्यँहा लागु हुनसक्छ।तर कसैको ब्याक्तिगत मामिलामा हस्तक्षेप गर्नुपनि त अप्राधहो।भोली मानौ कसै दलितले आफ्नो छोराको लागि बाहुनको छोरी माग्न जाँने अनि बाहुनले छोरी दिएन मनेर प्रसाशनमा जाने भनि त्यसलाई नजायजनै भन्नुपर्छ।कसैले दलित भएकालेनै सार्वजनिक ठाउँमा धार्मिक ठाउँमा जान रोक्छ भने त्यो कानूनी दाएरामा आउछ।तर कसैले आफ्नो चुलामा पस्न दिदैन भने त्यो उस्को मर्जिको कुराहो।कोई सोपाक्य हरुले आफ्ना छोरा बुहारीलाई पनि भान्शा छुँन दिदैनन्।के उनिहरुले भान्शा छुन दिएनन् भनेर छोरा बुहारीले केस गर्ने?यो नमिल्ने कुराहो।कसैले आफु बस्नको लागि बनाएको घरमा आफु सँग मन मिल्ने मानिशलाई किराएमा दिन सक्छ मलाई जरुरत छ भनेर मैले उस्को घरमा दाबा गर्न सक्ने बिषयनै होईन।
रुपासुनार जी पढेलेखेकी युवितिलाई यसबारेमा ज्ञान हुनुपर्थ्यो।हो दलिलत हरुलाई दलित भएकै कारण तँ भन्ने गिँजाउँने खसालेर बोल्ने पानि नचल्ने,छुवाछुत जस्ता घृणित ब्यबहारहरु हाम्रो समाजमा नभएका होईनन्,अँझै पनिछन।त्यसो ठाउँ ठाउमा भैईनै रहेकोछ।त्यो छुट्टै बिषयहो त्यो समाजिक असमानताहो त्यसको बिरुद्धमा हामि लगातार लड्दै पनि आएकाछौँ।
जातिय लैङ्गिय बिभेदका बिरुद्धमा शंघर्ष गर्नुपर्छ जन चेतना उठाउँनुपर्छ।जातिय बिभेद किन बाँचिरहेकोछ?यसबारेमा हामिले आफ्नो घरका बुढा पुरानाहरु सँग सोधपुछ गरेपछि काफि हदसम्म बुझ्न सकिन्छ।हामि सबै जातिहरु भित्र त्यो बुजुर्वा सोँच अहिलेपनि बिध्मानछ।जातिय मुक्ति एउटा जातिले मात्रैचाएर हुनै सक्दैन, यो जटिल बिषयहो।यँहा हाम्रो समाजमा क्षेत्रि बाहुनको बिरुद्धमा दलितहरुलाई उक्साउँने एउटा झुण्डछ।के अराजक सैलिमा जातिए मुक्ति सम्बभछ त?हिँजो माओवादीहरुको युद्धताक दलित युवाहरुले बाहुनाका जनाई छिँडालेका हुन उनिहरुको टुप्पि काटेका हुन।बाहुनको घरमा भित्र जबर्जस्ति पसेका पनि हामिले नदेखेका होईनौ।किन मुक्तिभैन दलितहरुको यो चालाले देशमा अराजक फैलिन्छ समाजवाद आउँदैन।जातिय मुक्तिको औजार भनेको जनचेतनालाई स्तर उठाउँनु एकमात्र ठिक ब्यबहार हुनसक्छ।अहिले दलितहरुलाई कोटाको ब्यबस्थाछ,दलितहरुलाई सार्वजनिक ठाउँमा रोकलगाए त्यसको बिरोधगर्ने बलियो ठाउँछ।तर कसैले घर भाडामा दिएन भनेर उस्को खिलाफ कानुनि कार्वाही गर्ने कसैलाई पनि नैतिक आधार छैन।आफ्नो घरमा कसैलाई बसाल्ने वा नबसाल्ने अधिकार घरबेटीको हुन्छ र हुनुपर्छ।भोलीका दिनहरुमा रुपाले काठ माण्डौमा वा कुनैसहरमा घर बनाएपछि के उन्ले नचाहेको मानिशलाई कोठा भाडामा दिनेछन?यो आफै रुपाज्युले गर्ने निर्णयहो उँहाले गर्न थालेको कामले कुन बिचारको प्रतिनिधित्व गर्नेछ?भनेर अहिलेअनुमान लगाउँनुपर्छ।म एक जना बाहुँनको छोरा मात्रै होईन एउटा देशको सचेत नागरिक र चारदशक सम्मनि समाज सेवकको रुपमा कार्यारतछुँ।मेरो ब्याक्तिगत अनुभवले मलाई अहिले रुपा ज्युले आबेशमा आएर घरमालिकको खिलाफ गरेको कार्वाही जस्तो लाग्यो।हामिले दलित समाजको सम्मान गर्छौँ कुनैपनि जातमा हुने भेदभावको बिरोध गर्छौँ।दलितहरु समानताको लागि गर्ने तमाम शंघर्ष मा हाम्रो एक्यावद्धता रहन्छ।तर कुनै घरबेटीले आफ्नो घर किरायामा दिएन भन्दैमा गर्ने आन्दोलनमा हाम्रो समर्थन नरहन सक्छ।कुनैपनि ब्याक्तिकग अधिकार हनन् गर्ने अधिकार कसैलाई हुँदैन।हामिले जति असमानताको बिरुद्धमा आन्दोलन गरेपनि कुनै ब्याक्तिले आफ्नो नीजि सम्पत्तिमा कसैको हस्तक्षेप रुचाउँदैन।एउटा ब्याक्तिले आफ्नो घर कस्लाई किरायामा दिने कस्लाई नदिने त्यो छुट हुनैपर्छ किनकी त्यो घर उस्को रगत पसिनाको कमाई बाट निर्माण भएकोले त्यसमा कसैको दाबी चल्दैन।
अहिले देशमा साम्यावादी ब्यबस्था आएकोछैन हामिले एउटा ब्याक्तिले हामिलाई दलित वा बाहुँन भएको आधारमा कोठा भाडामा दिनपनि सक्छ न दिनपनि सक्छ भन्ने मेरो ब्याक्तिगत धारणाहो।
मैले लगातार लेख्दै आएकोले यो दलितको घटनामा आफ्नो प्रतिकृया जनाउँनु पर्ने भन्दै पनि आउँनु भएकोछ।मैले लगातार लेख्दैपनि आएकोछुँ र यो भन्दा पहिलेपनि घटनाको बारेमा थोरै प्रकाश पारेकै थिएँ।कुनैपनि घटनाको बारेमा लेख्दा त्यसको अध्यायनको खाँचो हुन्छ बिना अध्यायनको त्यो ठिक वा बेठिक केहो भनेर किटानिका साथ भन्न गारैहुन्छ।यो छोटो लेखपनि मिडियाहरुमा आएका सार्वजनिक समाचारहरुको अध्यायन बाट यो छोटो आफ्नो बिचार लाई सार्वजनिक गरेकोमात्र हो।

चर्चामा

सम्बन्धित समाचार