बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मेरो देश जस्तै अति शुन्दर कतै छैन,

मेरो देश जस्तै अति शुन्दर कतै छैन,

  • सोमवार, असार ७, २०७८
मेरो देश जस्तै अति शुन्दर कतै छैन,

मेरो देश जस्तै अति शुन्दर कतै छैन,
पहरा माथि बसेको यो घर कतै छैन।

बाघ भालु सँग लड्न सक्ने वीरहरु,
निडर बलियो ज्यु र अधर कतै छैन।

हरियो बन हिमाल पहाड अनि तराई,
निचल पानी हवामा निर्भर कतै छैन।

दुनियाका देश जोगाउँने वीरहौ हामी,
यस्ता पौरखी वीर र निडर कतै छैन।

कतिराम्रो लाग्छ आफ्नो जनम ठाउँ,
यस्तो मिलेको गाउँ र सहर कतै छैन।

कहिलैई गुलामहुँन दिएनन पुर्वजले,
देशको न फैलिएको खबर कतै छन।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार