शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • यस्तो दिन पनि आउँछ?

यस्तो दिन पनि आउँछ?

  • शनिबार, असार ५, २०७८
यस्तो दिन पनि आउँछ?

सुरेशकुमार पान्डे — कतिपयले प्रश्न गर्छन नामको मात्रै भयपनि कम्युनिष्ट त हो।किन कम्युनिष्टलाई फाल्न काँग्रेसलाई साथ दिने?के यो सहिनीति होत?
अहिले देशका राजनीतिक पार्टीहरुको ब्यबहारले छर्लङ्गै पाय्रो कहिले काँहि सोच्दै नसोचेको कुरा पनि हुन्छ।वास्तबमा जनताहरुलाई यस्तै लागेको हुनसक्छ।देशमा करिब करिब कम्युनिष्टलाई चाहानेहरुको ठुलो जमातछ।धेरैजसो श्रमजीवी बर्गहरुले कम्युनिष्टको सरकार चाहान्छन।हाम्रो देशमा कयौँ जनताहरुले कम्युनिष्ट चाहेपनि रुढीवादी परमपरालाई छाड्न भने सकेकाछैनन।उनिहरुले पुजा पाठ पनि गर्ने देवाली गर्ने थुप्रै धार्मिक कार्यागर्ने अनि कम्युनिष्टलाई पनि अप्नाउँने ब्यबहारले उनिहरुर बुजुर्वा राजनीतिक पार्टीहरुमा खासै फरक देखिदैन।त्यो हुनुमा देशको परमपरा दोशिछ जस्लाई उनिहरुले गर्भै देखि अप्नाउँदै आएकाछन र छोड्न सकेकाछैनन।कम्युनिष्ट उनिहरुको आबस्याकता पनिहो यसो भन्दा अशान्द्रभिक नहोला कम्युनिष्ट ब्यबस्था देशको लागि आधारभुत आबस्याकता पनि हो।किन कि देशलाई आत्मनिर्भर गराउँन सक्ने एकमात्र आधार योजना कम्युनिष्टहरु सँगछ त्यो आधार भनेको कृषि क्रान्तिनै हो।अरु बुजुर्वा खाले राजनीतिक पार्टीहरुको एजण्डानै होईन।
हाम्रो देशका जनताहरु लड्न मर्न तैयार हुन्छन,निडर र लडाकुछन,गर्भै देखि उनिहरु धेरैजसो सिकारी हुन।पहाडमा बसेका चरा मिर्ग मारेर गिठा तरुल कण्ठमूल खाएर बाँचेका सानै देखि बनजङ्गलमा हुर्केका,रुख चढ्ने पहरामा लडिबुडी गर्ने बाग भालु जस्ता जनताहरु बलिया निडर छन।उनिहरुले देशमा आमूल परिर्तन चाहान्छन त्यो देशको पनि आबस्याकताहो।
तर अवसरबादीहरुले त्यसता जनताहरुलाई शंघर्षको मैदानमा पटक-पटक उतारेर आफ्नो स्वार्थमा उनिहरुलाई उपयोग गर्दै आए र केहि टाठा बाठा अबसरवादीहरुले कम्युनिष्टको नाउमा जनतालाई उपयोग गरेर सत्तासिन हुँनपुगे।गरिब जनतालाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो बनाउँदै आएकाछन।
गधालाई जति साबुन र सैम्पो खर्चेर नुहाईदिएपनि उ घोडा बन्दैन।ठिक त्यहि प्रकारले जनताले सरकारमा कम्युनिष्ट भनेर पठाएका कम्युनिष्ट थिएनन्।जो गैर कम्युनिष्ट थिए त्यस्ता बाट कम्युनिष्टको ब्यबस्था चाहानु हाम्रो मुर्खतानैहो।
बेला बेलामा कम्युनिष्टको लोगो भित्र लुकेको अवसरबादीको चरित्र उदाङ्गिदा जनतालाई कस्तो-कस्तो अमिलो लाग्न सक्छ।तर त्यो त हुनै थियो किनकी उनिहरु जनताले चाहेका कम्युनिष्ट थिएनन बरु स्वा.घोषित थिए,अबसरवादी थिए त्यसकारणले उनिहरुले गलत काम गर्दै थिए।जस्लाई त्यो ठाउँमा राखि रहँदा ठुलो हानि नोक्सानि हुन सक्थ्यो जस्ले भयानक दुर्घटना निम्ताउँन सक्थ्यो।
फरक केछ भने देख्दा एउटै नसलका जस्ता देखिने सबै घोडा हुँदैनन कोई खच्रपनि हुन्छन कोई गधा पनि हुन्छन।तिनिहरुलाई छुट्टाउँन उनिहरुको चालचलन र ब्यबहारलाई अध्ययन गर्नै पर्नेहुन्छ।त्यसो गरेकालाई कत्ति मुस्किल हुँदैन तर अध्यायन नगरेकाले पचाउँन,छुट्याउन अलि मुस्किल पर्छ।क्षाणिक रुपमा भएपनि भ्रमित हुन्छन।वास्तबमा अहिले देशभित्र यस्तै भएकोछ।
अहिले कयौँले भन्छन काग्रेसलाई ल्याउँन कम्युनिष्टको बिरुद्धमाछौँ।वास्तबिक कुरा उँहाहरुले बुझ्नै पर्ने केहोभने देशको अबस्था त्यस्तै प्रकारको ल्याईयो।यो अबस्था ल्याउँनेहरु खुद तिनै कम्युनिष्ट भनौदाहुन।उनिहरुको झण्डै दुई तिहाई बहुमतको सरकार थियो।उनिहरुलाई देशमा कम्युनिष्टको बिचार लागु गर्न कस्ले रोक्थ्यो?जस्को जोत उस्को पोत गर्नुपर्ने,देशमा आमुल परिवर्तन गर्नुपर्ने,मधेशि जनजाति आदिवासी थारुहट सुकुमबासी सर्वहारालाई हक अधिकार दिनु पर्ने,छिमेकीहरु सँग असमान सन्धि सम्झौता हरु खारेज गरेर पञ्चसिलको आधारमा सन्धि गर्नुपर्ने।आदि यित्यादी जातिय लैङ्गिय आधारलाई समानता पर्दान गर्नुपर्ने तर खै त?त्यो गर्ने कुरै थिएन किन कि उनिहरुको त्यो चरित्रनै होईन।उनिहरु नामका कम्युनिष्ट थिए देशलाई प्रतिगामि दिशा तर्फ डोराउँन साम्राज्यावादीहरुको ईसारामा एमसीसी पारित गराउँन देशलाई सिक्किमि करण गराउँने खालको ब्यबहार उनिहरु बाट हुँदै आएकोले उनिहरुको बिरुद्धमा सम्झौताहिन शंघर्षको नितान्त आबस्याकता परेकोले अहिलेको यो परिस्थिति आयो।
यो सरकारलाई फालेर आउँने अर्को बाट देश जोगिएला भन्ने चान्स पनि छैन।तर यो फालेपछि कम्तिमा आउँने सरकारलाई यो त जानकारि हुनेछ जह्ले म भन्दा पहिलेको सरकारलाई फाल्न एकता गर्यो भोलि मैले गलत गरेपछि मेरोपनि त्यहि हरिगति हुनसक्छ भन्ने त चेतवानी जान्छ।
अहिले यो कम्युनिष्टो लोगो मा लुकेको गैर कम्युनिष्टले जुन काम गय्रो त्यो बिदेशी दलालहरुले नै गर्नेकाम हो त्यसको बिरुद्धमा जनताहरुको एकताले ठुलो महत्व राख्दछ।यो जन चेतनाको लागि र देशको बिरुद्धमा शडयन्त्र गर्ने शड्यन्त्रकारीहरुको लागि चेतवानी पनि हुनेछ। हाम्रो आन्दोलन कुनै कम्युनिष्ट फाल्ने वा काँग्रेस ल्याउँने होईन बरु राष्ट्रीयता र गणतन्त्रको रक्षा गर्ने हो र एउटा सच्चा देशभक्तले सदै त्यहि प्रकारको नीति अप्नाउँछन र अप्नाउँनुपर्छ।अहिले यसो हेर्दा कम्युनिष्ट लाई फाल्न काग्रेसीको साथ दिएको जस्तो सर्वसाधारणलाई लाग्न सक्छ।तर त्यो गलतहो राष्ट्रीयताको सवालमा राजा सँगपनि एकता गरेर जान सक्किन्छ गणन्त्रको सवालमा हबै खाले गणतान्त्रिक शक्ति सँग एकता गरेर जान सकिन्छ भन्ने कुरलाई बुझ्नुपर्छ।अहिलेको हाम्रो लडाई कुनै पार्टीलाई पच्छार्ने र कसैलाई उचाल्ने होईन बरु राष्ट्रीयता गणन्त्र र धर्मनिरपक्षियताको पक्षमा र तानाशाही र प्रतिगामि कदमको बिरुद्धमा लक्षितछ।

चर्चामा

सम्बन्धित समाचार