शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सुरु देखिनै नेताहरुले दलालि गर्दै आए!

सुरु देखिनै नेताहरुले दलालि गर्दै आए!

  • शुक्रबार, असार ४, २०७८
सुरु देखिनै नेताहरुले दलालि गर्दै आए!

सुरेशकुमार पान्डे — छिमेकीले देशलाई निल्ने योजना बनाउँदा हाम्रा लाछि,क्यारिरिष्ट र पद लोलुप नेताहरुले त्यो आधार तैयार पार्दिन्छन।त्यसैको परिणाम आज देशको यो अबस्था आईपरेकोछ।सबै भन्दा पहिले असमान सन्धि र सम्झौताले देशलाई कम्जोर बनायो त्यो भन्दा पनि गोप्पे रुपमा भएका बेलाबखतमा सम्झौता पत्रचारहरु ति सन्धिहरु भन्दा पनि खतरनाकछन।
होम्रो देशका नेताहरुले जब सडकमा हुन्छन देश हितका चर्का-चर्का नारा लगाउँछन तर सरकारमा जाँदा बित्तिकै बिदेशीको अगाडि नतमस्तक हुँने ब्यबहार हुन्छ।अहिले ओलिको सरकार २०७४मा ४१वाँ प्रधान मन्त्रिको सफत खाएपछि उन्ले देश र जनताको लागि केही गर्छन भन्ने जनतामा ठुलो आस थियो।तर पुषको पाँच गते झण्डै दुई तिहाई बहुमत रहेको सरकारलाई बिघटन गरेर जुन तमाशा गरे त्यो देश र दुनियाकोनै समक्षछ।उनि असम्बैधानिक,तानाशाह र प्रतिगामि त छन नै उन्ले आफ्नो त्यो सरकारको आयु लम्बाउँन एक पछि एक राष्ट्रघाति पाईलो चाल्दै आएकाछन।बिडम्बना भनौ हाम्रो देशको जस्लाई झेल हुनुपर्ने उसैलाई सम्मान र देशको कमान दिएकाछन।हिँजो जस्ले मधेशमा पोलिस जवानहरु लाई जिउँदै जलायो र खुल्लम खुल्ला देशको बिरुद्धमा अभियान चलाउँन आवहान गर्दै देशको झण्डा पोल्यो।देशको सम्बिधानमा आगो लगायो त्यसतो ब्याक्तिलाई आज देशका जनताले सलुट मार्नुपरेकोछ।देशको प्रसाशनले सुलुट मार्नुपरेकोछ।यो भन्दा बिड्मबनाको कुरा अरु केहुनसक्छ?यो देशको दुरगति निम्ताउँने ओलि को सरकारले देशलाई स्रमसार पारेकोछ।हिँजो पनि प्रचण्डको सरकारले देशको सम्बिधान र झण्डा पोल्नेलाई सम्मान गरेको थियो।उक्त पृथक आन्दोलन गर्नेहरुलाई शहिदको दर्जा दिदै आर्थिक मद्त गरिन्छ भने उनिहरुको हिम्मत त बड्छनै।हाम्रो देशलाई धेरै पहिले देखिनै बिदेशी हरुको ईसारामा देशको आर्थिक राजनीतिक लाई कम्जोर बनाउँन पहल हुँदै आएको हो।तर पछि दिल्लिमा भएको बाह्र बुँदे सम्झौता पछि निरन्तर छिमेकीलाई खुसि पार्ने प्रयास गर्दै आएकाछन।त्यो पनि प्रतिसप्रधाको रुपमा एकले आर्कोलाई दलालिमा पच्छार्ने गर्दछन।वास्तबमा दश बर्ष जनयुद्ध लडेर शान्ति प्रकृयामा आएपछि तत्कालिन नेकपा ए माओवादीका प्रचण्ड लगाएतकाले भारतियको नाङ्गो दलालि गरेको त्यो बेलाको ईतिहाशछ।माओवादी शान्ति प्रकृयामा आउँदा भारतिय माओवादी समेतलाई शान्ति प्रकृयामा आउँन आग्रा गरेका थिए।
उनिहरुको पहलमा देशभित्र चोर ढोकाबाट आठ राजनीतिक पार्टीहरुको अन्तरिम सरकारले मधेशीहरुको दवामा संघियतालाई प्रवेश गराए।जनमका आधारमा नागरिकता बितरण गराएर चालिस लाख भारतियहरुलाई नागरिकता बितरण गरियो।तिनै हुँन जस्ले मधेशी आन्दोलन भनेर देशमा आतङ् फैलाएका थिए।एक मधेश एक प्रदेशको माग गरेर देशलाई तहश नहश पार्ने भरपुर प्रयास गरेका थिए।अहिले जनमका आधारमा दिएकाहरु लाई बंशजको आधारमा नागरिकता बाँटेपछि त देश फिजि हुन कत्ति बेर लाग्दैन।अहिले उनिहरुले नेपाली जनताहरुलाई अल्पमतमा कसरी पार्ने भनेर योजना बनाएको बेलामा ओलि सरकारले आफ्नो सत्ता बचाउँन बिदेशीहरु सँग सम्झौता गर्नाले देशलाई खतम पार्न थालेकाछन।
देशमा सरकारले गर्दै आएका गोप्पे सम्झौताहरुले गर्दा देशलाई आत्मनिर्भर हुन दिएकोछैन।सन १९५०को सन्धिले देशलाई अल्पमतमा त पार्ने योजना बनायो त्यो भन्दा पनि गोप्पे सम्झौताहरुले देशलाई सखाफ पारेकोछ।सन १९५०को शान्ति तथा मैत्रि सन्धिको सँगै पत्रचार पनि भएको कुराको रहस्य पछि सन१९५९को डिसेम्बर ३मा नयाँ दिल्लिमा भएको एक पत्रकार सम्मेलनमा भारतका तत्कालिन प्रधान मन्त्री जवाहरलाल नेरुले यस्तो पत्रचार भएको बताए।सम्बवत यो रहश्यपनि त्यतिकै खुल्ने थिएन।नेपालका तत्कालिन प्रधान मन्त्रीले नेरुको भनाईमा कुनै प्रतिकृया नजनाएको भए नेरुले यसबारे प्रतिकृया दिनुपर्ने थिएन र गोप्पे पत्रचारको रहश्य पनि खुल्ने थिएन।सन१९५९नोवेम्बर२७तारिखका दिन भारतिए लोकसभामा भारत-चीन सिमा समस्यामाथि बोल्दै नेहरुले नेपाल र भुटान माथिको हमला लाई भारतले आफु माथिको हमला सम्झिनेछ र त्यस्तो परिस्थितिमा तुरुन्त ति देशहरु लाई मद्त गर्नेछ भने तर त्यसको दुई दिन पछिनै नोवेम्बर२९मा नेपालका तत्कालिन प्रधान मन्त्री विश्वेश्वोरप्रसाद कोईरालाले नेहरुको घोषणा माथि प्रतिकृया जनाउँदै नेपालले सहायता नमागिकन भारतले त्यस्तो गर्न सक्नेछैन भनेका थिए।विश्वेश्वोरप्रसाद कोईरालाको त्यस किसिमको प्रतिकृयाले नेहरुलाई गोप्पे पत्रचारको रहश्य खोल्न कर लगायो।सन१९५०को शन्धिको अभिन्न अंग को रुपमा रहेको उक्त गोप्पे पत्रचारले भारतलाई नेपालमाथिको थिचो मिचो गर्ने अधिकार दिएकोछ।आखिर केछ गोप्पे पत्रचारमा?हेर्नुहोश यि पाँच बुँदे त्यो बेलाको पत्रचार(१)बिदेशी हमलाको एक-आर्काको शुरक्षामाथि आघात परेमा कुनै सरकारले त्यसलाई सहनेछैन।कुनै त्यस्तो खतरा सँग जुझ्न दुई सरकारले एक-आर्का सँग सरसल्ला गर्नेछन,र प्रतिरोधका लागि प्रभाबकारी पाईला चाल्नेछन।(२)नेपालको शुरक्षाको लागि आबस्याक कुनै हातहतियार खर खजाना वा युद्धजन्य सामग्रिहरु र औजारहरु,जो नेपाल सरकारले भारतिय सिमा भएर पैठारी गर्छ त्यस्तो पैठारी भारत सरकार सँगको सहयोग र सम्झौता बाट गर्नेछ।भारत सरकारले त्यस्तो हातहतियार छिटो छरितो पारबहनका लागि कदम चाल्नेछ।,(३)शान्ति र मैत्री सन्धिको राष्ट्रीय ब्यवहार दिने दफा ६को सम्बन्धमा नेपालमा नेपाली रैतिहरुलाई अनियन्त्रित प्रतिस्प्रधाबाट शंरक्षण केहि समयका लागि आबस्यक हुनसक्छ भन्ने कुरालाई भारत सरकार मान्यता दिन्छ।यस समरक्षणका प्रकृति र हद दुईसकारहरु पारस्पारिक संझौता बाट निर्धारित गरिनेछ।,(४)यदी नेपाल सरकारले प्राकृतिक स्रोतको बिकास वा नेपालमा कुनै औद्दौगिक परियोजनाका लागि बिदेशी सहायता प्राप्तगर्ने निर्णय गरेमा नेपाल सरकारले अरु बिदेशी सरकार वा अरु बिदेशी नागरिकले दिने सहुलियत भन्दा कम नभएमा,भारत सरकार वा भारतिए नागरिक लाई नै प्राथमिकता दिनेछ।शयुँक्त राष्ट्रीय संघ वा यसका कुनै बिशेषिकृत एजेन्शिहरु बाट नेपाल सरकारले प्राप्तगर्ने सहायतामा उपरोक्त कुरा लागुहुनेछैन।,
(५)एक-अर्का

शुरक्षमाथि प्रभाव पर्ने क्रियाकलाप भएमा कुनै बिदेशीहरुलाई काममा नलगाउँन दुबै सरकार मन्जुर गर्दछन।कुनै एक सरकारले आबस्याक परेको बेला अर्को पक्ष समक्ष यसबारे कुरा राख्नेछन।उपरोक्त गुप्त पत्रचारले नेपाललाई कसरी जेलेकोछ त्यो सबैले सहजै अनुमान लगाउन सकिन्छ।यसरी सन्धि र गोप्पे सम्झौतामा छिमेकीले हाम्रो
देशलाई नराम्रो प्रकारले जेलेर घुमाई फिराई देशको स्वधिनतामाथि लगातार अतिक्रमण गर्दै आएकोछ।नेताहरुलाई उक्त पत्रचारको खौफ देखाएर छिमेकिले आफ्नो पिच्छलग्गु बनाउँदै आएकाछन।राजेन्द्र महतो जस्तो बिहारीलाई देशको सर्वोच्च समान्निय बनाएर उपप्रधान मन्त्री जस्तो गरिमामय पद दिएपछि उनिहरुको हिम्मत त नबढ्ने कुरैभयन।
उन्ले आफुले सफत खाँदा देशलाई बिखण्डन गरेर बहुल राष्ट्र बनाउँने आफ्नो रणनीति रहेको भनेकाछन।यो देशको लागि अत्यान्तै दुःख लाग्दो कुरा हो।अहिले देश ईतिहाशको सबैभन्दा तरल अबस्थामाछ।यो अबस्था ल्याउँनुमा कथित कम्युनिष्ट पार्टीहरु तत्कालिन ए माओवादी र अहिले का केपि शर्मा ओलिको भुमिका रहेकोछ।नागरिकता बिधेयकलाई अहिले अन्तरिम रोक लगाएर सर्वोच्चले ऐतिहाशिक निर्णय गरेकोछ।जस्को हामिसबैले सम्मान गर्नुपर्दछ।तरपनि देशलाई बेलाबखतमा यस्ता दलालहरुले फिजि बनाउँन लगातार प्रयास गरिरहनेछन।हामिसबै देशभक्तको एकताले मात्र देशलाई जोगाउँन सक्नेछ।

चर्चामा

सम्बन्धित समाचार