शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आन्दोलन केका लागि?

आन्दोलन केका लागि?

  • बुधबार, असार २, २०७८
आन्दोलन केका लागि?

सुरेशकुमार पान्डे– देशभित्र सदियौँ देखि आन्दोलन हुँदै आयो।पृथ्वीनारायण शाहले देशलाई एकिकर्ण गर्ने आन्दोलन सुरु गरे।भन्निन्थ्यो “कतै निसाब न्याय नमिले गोर्ख जानु”देशलाई बाईसे चौबिसिय राजाहरु बाट उन्ले अखण्ड बनाउँन लगातार आफ्नो आ जीवन लगाए।त्यस्तै गरेर बृटिश हुकुमतलाई देशभित्र जान रोक्नको लागि बलभद्र कुँवर लगाएतका छ सए जाना महिला बाल बालिकाहरुले आफ्नो प्रणाको बाजि लगाएर त्यो बेला
खलंगाको नालापानीमा देश जोगाउँने युद्ध लडे।यि दुबै आन्दोलनमा सयौँ देशभक्त एकता प्रेमिले आफ्नो प्राणको आहुति दिए।
देशमा कसैको साशन आयो उस्ले कसरि चलायो त्यो भन्दापनि आन्दोलन गर्नेहरुले कुन उदेश्यले आन्दोलन गरे भन्ने बारे लेखको पक्षहो र चासोको बिषय पनि त्यहीहो।राणाहरुले देशमा जहानिया निरंकुस साशन चलाए।जनताले उनिहरुको बिरुद्धामा आन्दोलन गरे। तर जनताको आन्दोलनको परिणाम कोले लग्यो राजाले लगे।जनतालाई हातलाग्यो शुन्य मात्र भयो।तर पनि जनताले नियमित शंघर्ष गरेर राणा फाले राजा पनि फाले तर पनि अँझै जनताको वास्तबिक सरकार आएन,जनतालाई अधिकार प्राप्त भएन।जसरी पनि जनताले समग्रमा राष्ट्रीयता जनतन्त्र र जन जीवीकाको पक्षमा लगातार आन्दोलन गर्दै आएकाछन।जस्को एउटा राष्ट्रीय उदेश्यछ।
तर मदेशवादी दलले गर्ने लडाई राष्ट्रीयताको पक्षमा छ?वा मधेशी जनताको लागि हो?पहिलो कुरा यदि देशमा पहाडिहरुको अलग आन्दोलन, मधेशको अलग आन्दोलन र हिमालि जनताको अलग आन्दोलन हुन्छ भने त्यहले देशलाई कुन दिशा दिन्छ?देशलाई बिखण्डन तर्फनै डोराउँछ।तर आन्दोलन गर्ने उदेश्य के हो?वास्तबिक अर्थमा भन्नुपर्दा मदेशवादिहरुको आन्दोलन न त मधेशी जनताको हितमा केन्द्रित छ न राष्ट्रीयताको हितमाछ।
उनिहरुले मधेशीहरुको आन्दोलनको बहानामा देशलाई बिखण्डन गर्ने प्रयात्न गर्दै आएकाछन।भनिरहनु पर्दैन मधेशवादी दल बनाएर भारतको लागि भारतको हितमा आन्दोलन गर्दै आएकाछन।भारतको बिहार बाट देशमा भित्रिन सफल भएका राजेन्द्र महतो जस्ता दलालहरुले देशलाई खत्तम पार्ने शड्यन्त्र गर्दै आएकाछन।उनिहरु बिहार बाट नेपालमा प्रवेश गरेर अबेध तरिकाबाट नागरिकता पाएका ब्याक्तिले देशलाई फिजि बनाउँने उदेश्यले लगातार तराईमा आन्दोलन गराएर आफै बोक्सि आफै झाँक्रि भएर स्वर्ग तुल्य देशलाई फिजिको बाटो सिक्किम पुराउँन खोज्दैछन।उनिहरुलाई यो आफर कथित कम्युनिष्ट जस्ले कम्युनिष्टको लोगो ओढेर बिदेशीको दलालि गर्दैछन उनैले दिएका हुँन।ओलिको सरकारमा उप प्रधान मन्त्री बनेका राजेन्द्र महतोलाई देशका जनताले कुन रुपमा हेर्ने?देशको उप प्रधान मन्त्रीको रुफमा हेरौँ भने उनि त्यो लाएकानै छैनन्।बिदेशीको दलालको रुपमा हेर्ने कयौँ आधारहरु छन।एउटा देशको शम्बिधान पोल्ने देशको झण्डा पोल्ले देशका सिपाई लाई मराउँने त्यो मात्र होईन देशलाई टुक्रा पार्ने उदेश्य र रणनीति रहेको उनि आफैले भन्दै आएकाछन।
यो देशको दुर्भाग्यनै हो जस्लाई जेल हुनुपर्ने थियो उसैलाई जेलर बनाईयो।यो ब्यबहारले देशमा कस्तो शन्देश जाला?हाम्रा देशका देशभक्तहरुमा हाम्रो जर्नेशनमा यो ओलिको ब्यबहारले के कस्तो प्रभाव पर्ला?सहजै अनुमान लगाउँन सकिन्छ।
देशभित्र लगातार आन्दोलनहरु हुन्छन,उक्त आन्दोलनमा मान्छेहरु मर्छन तर आन्दोलन केका लागिहो त्यो मर्ने मान्छेलाई समेत जानकारि हुँदैन।लहलहैमा जस्ले आन्दोलन गरेपनि जस्ले नेपाल बन्दको आवहान गरेपनि त्यो पुर्णत सफल हुन्छ।किन भने आन्दोलनको प्रतिकार गर्न सक्दैनन्।प्रतिकार कसरी गर्ने आन्दोलन केका लागि हो त्यो उनिहरुलाई थाहा हुँदैन।
जनतालाई अल्लु बनाएर यस्ता दलालहरुले बिदेशको सेवागरेका हुन्छन।देशलाई सखाफ पार्ने जनतालाई दिक्दार पार्ने आतङ्कित पार्ने र बिदेशीहरुको दलालि गर्ने आफुले पैसाकमाउँने यिनिहरुको उदेश्य हो।देशका जनताहरुले यिनिहरुको बिरुद्धमा राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको लागि सचेत र संगठित आन्दोलन गर्नुपर्छ।यो आजको ऐतिहाशिक आबस्याकताहो।

चर्चामा

सम्बन्धित समाचार