बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बझाङ्गको खप्तडछान्ना गाउपालिकामा रोपाईको रौनक

बझाङ्गको खप्तडछान्ना गाउपालिकामा रोपाईको रौनक

  • शुक्रबार, जेष्ठ २८, २०७८
बझाङ्गको खप्तडछान्ना गाउपालिकामा रोपाईको रौनक

अर्थ जङ्ग शाही/बझाङ्ग– कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती नै हो भन्दा फरक पर्दैन । उसो त ७५ प्रतिशत नेपाली कृषि पेशा आश्रित छन् ।

असार महिनामा जब आकासमा कालो बादल मडारिन थाल्छ तब नेपाली कृषकको मुहारमा खुसी छाउन थाल्छ । मनसुनको आभाष दिने यो कालो बादलले बर्षा गराएसगै धेरै नेपाली कृषकलाई समृद्धि तर्फ डोहोर्याउछ।

मानो रोपेर मुरी फलाउने’ अवसरको रुपमा हेरिने धान रोपाईको यो अवसरलाई नेपाली कृषकहरुले पर्वकै रुपमा लिने गरेका छन् । यो बर्ष मनसुन केही ढिलो भए पनि कृषकहरु खुसि नै देखिएका छन् ।

लकडाउनका कारण सहर पसेका आफन्त र घरका धेरै सदस्यहरु साथै रहेका कारण परिवारकै सदस्यहरु पनि खेत र आलीमा बाउसे खेल्न जुर्मुराएको देखिन्छन ।

साँथै यो रोपाईको समयमा सानासाना नानीबाबुहरुले पनि खेतमा रमाईरहेको स्थानिय ब्यक्ति झलक रोकायाले बताएका छन्।।

No description available.

चर्चामा

सम्बन्धित समाचार