शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • दाङको तुल्सीपुरमा गोली चल्यो, एक युवक पक्राउ

दाङको तुल्सीपुरमा गोली चल्यो, एक युवक पक्राउ

  • शुक्रबार, जेष्ठ २८, २०७८
दाङको तुल्सीपुरमा गोली चल्यो, एक युवक पक्राउ

दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् ।

गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन । उनले कसलाई गोली हान्न खोजेका हुन् भन्ने नखुलेको र अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार