शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

कञ्चनपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

  • शुक्रबार, जेष्ठ २८, २०७८
कञ्चनपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

कञ्चनपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ।

जिल्लाको वेदकोट नगरपालिका -५ की १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ। बिहीबार दुई जना युवकले ती किशोरीमाथि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।

उनले दुबै जना युवकले मदिरा सेवन गरेको साथै एक किशोरीलाई पनि सेवन गराइएको बुझिएको र यसबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

प्रवक्ता थापाका अनुसार बलात्कार आरोपमा सोही नगरपालिकाको वडा नम्बर ६ का अन्दाजी २३ वर्षीय धन बहादुर बिकलाई पक्राउ गरिएको छ। अर्का आरोपी भने फरार रहेको र खोजी कार्य भइरहेको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार