शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बझाङमा भरुवा बन्दुक सहित एक जना मॄत फेला

बझाङमा भरुवा बन्दुक सहित एक जना मॄत फेला

  • बिहिबार, जेष्ठ २७, २०७८
बझाङमा भरुवा बन्दुक सहित एक जना मॄत फेला

अर्थ जङ्ग शाही/ बझाङ्ग — बझाङमा भरुवा बन्दुक सहित एक जना मृत फेला परेका छन् । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका – ४ खत्री गाउँका एक जना जङ्गलमा मृत फेला परेका हुन । गाउँपालिकाको वडा नम्बर ४ का अन्दाजी ३५ बर्षिया डम्बर बहादुर खत्री २४ गते जङ्गल गएको र उनकै परिवारले खोजी गर्दा २५ गते मृत अवस्थामा फेलापारेको जनाएको छ ।

उनी गडाला सामुदायिक वनमा भरुवा बन्दुक सहित मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको छ भने उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको जनाईएको छ । मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार