• होमपेज
  • समाचार
  • कारमा पेस्तोल बोकेर हिँडेका पुरुष पक्राउ

कारमा पेस्तोल बोकेर हिँडेका पुरुष पक्राउ

  • बुधबार, जेष्ठ २६, २०७८
कारमा पेस्तोल बोकेर हिँडेका पुरुष पक्राउ

प्रहरीले कारमा पेस्तोल राखेर हिँड्ने एक जनालाई पक्राउ गरेको छ।

मोरङको बेलबारीबाट कारमा पेस्तोल र गोली राखेर केराबारी पुगेका बेलबारी नगरपालिका–२ का ४१ वर्षीय पदमकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोली बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा पिछा गर्दै गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार