शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बेड अभाबमा स्टेचरमा राखेर कोभिड बिरामीको उपचार

बेड अभाबमा स्टेचरमा राखेर कोभिड बिरामीको उपचार

  • मङ्लबार, जेष्ठ २५, २०७८
बेड अभाबमा स्टेचरमा राखेर कोभिड बिरामीको उपचार

 बाजुरा — बाजुराका ९ वटै स्थानिय तहका गाउँहरुमा कोरोना भाइरसको कहर फैलिरहेको छ । तिब्र रुपमा गाउँमा कोरोना भाइरस फैलिएको भएपनि चेकजाँच र उपचारमा समस्या भइरहेको छ ।
गाउँमा कोभिडका बिरामी बढेपछि स्थानिय स्वास्थ्य चौकिमा उपचारमा समस्या भइरहेको छ । गौमुल गाउँपालिका २ मा रहेको दहकोट स्वास्थ्य चौकिमा बेड नहुदा कोभिडका बिरामीलाई स्टेचरमा राखेर उपचार गराइरहेका छन् । स्वास्थ्य चौकिको कार्यक्षेत्रमा १८ जना संक्रमित रहेका छन् । सबै जना होमआइसोलेसनमा बसिरहेका छन्, केही ग्राहो भए स्वास्थ्य चौकी आउने गरेको स्वास्थ्य चौकिका ईन्चार्ज धर्म खत्रिले वताएका छन् ।
अक्सिजन तथा अन्य जटिल भएपछि गाउँपालिकामा रहेको कोभिड अस्पतालमा पठाउने गरेका छौ, नभए अन्य उपचार स्वास्थ्य चौकिमा नै गर्ने गरेको धर्मले वताए । स्वास्थ्य चौकिमा भौतिक पुर्वाधार अभाब र बेड नहुदा भुुइमा स्टेचर राखेर बिरामीको उपचार गर्ने गरेको उनले वताए । अफ्ठयारो भए मात्र अन्यत्र पठाउने गरेका छौ, नभए स्टेचरमा राखेर उपचार गर्ने गरेको उनले वताएका छन् ।
गाउँमा धेरै कोभिडका बिरामी भएपनि चेकजाँच गर्न नमान्ने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । दुुर्गम गाउँमा जाँच गर्नपनि समस्या भएको छ, भने अर्को उपचार गर्न पनि निकै समस्या भइरहेको छ । पालिकामा रहेका कोभिड अस्पतालमा कुनै गाउँबाट दुुई दिन सम्म लाग्ने गरेकोले गाउँमै उपचार गनुपर्ने बाध्यता रहेको हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले वताएका छन् ।
बाजुरा जिल्लामा कोभिडका कारणले १२ जना मृत्यु भइसकेको छ भने ३ जना होम आइसोलेसनमा नै मृत्यु भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । दुुइजना हिमाली गाउँपालिका र १ जना जगन्नाथ गाउँपालिका घरमै बसेका संक्रिमितको मृत्यु भएको छ । दुुर्गम गाउँपालिका समेत कोरोनाले मृत्यु भइरहेको छ, बाजुराका सबै गाउँमा कोरोनाको कहर फैलिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताए ।
१ हजार ७ सय २१ जनाको कोरोना परिक्षण गर्दा मंगलबार सम्म बाजुरा ६ सय ७९ जना संक्रमित देखा परेका छन् । गाउँमा कोरोना भाइरस सँग मिल्दोजुुल्दो लक्षण भएका धेरै बिरामी रहेका छन् । बिरामी धेरै भएपनि चेकजाँच गर्न भने डराउने गरेको पाईएको छ । जिल्लाभरी कोरोनाका जस्तो लक्षण भएका बिरामी गाउँगाउँमा रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । गाउँमा कोरोनाका जस्तो मिल्ने लक्षण भएका बिरामी धेरै रहेका छन्, तर चेकजाँच भने नभएको खप्तडछेडेदह गाउँपालिका १ बस्ने धन रोकायाले वताए । उनले बिरामी धेरै छन्, ज्वरो १ हप्ता सम्म पनि सञ्चो नभएको वताएका छन् ।
कोभिड जाँच गर्न कोहि मान्दैनन्, कोरोना लागेपछि झन मानसिक रुपमा समस्या हुने भएकाले अफ्ठयारो अबस्था सम्म पनि घरमै बसिरहेको खप्तडछेडदह गाउँपालिका २ का अध्यक्ष मिन बहादुर शाहिले वताए ।

चर्चामा

सम्बन्धित समाचार