बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • आइडिएस नेपालद्धारा खप्तड छेडेदह गाउँपालिकामा सरसफाइ कार्यक्रम संचालन

आइडिएस नेपालद्धारा खप्तड छेडेदह गाउँपालिकामा सरसफाइ कार्यक्रम संचालन

  • सोमवार, जेष्ठ २४, २०७८
आइडिएस नेपालद्धारा खप्तड छेडेदह गाउँपालिकामा सरसफाइ कार्यक्रम संचालन

बाजुरा — आइडिएस नेपालको सहकार्य तथा बिश्व खाद्य कायक्रमकाे सहयोगमा जिल्लाकाे खप्तड छेडेदह गाउँपालिकामा स्वास्थ्य सम्बन्धी बिभिन्न् कार्यक्रम संचालन गरेको छ । खप्तड छेडेदह गाउँपालिकामा आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमद्धारा मास्क बितरणका साथै हात धुने साबुन तथा हात धुने बिधीका बारेमा सिकाएको हाे  । सचेत बनौ र सचेत बनाऔं भन्ने अभियानका साथ गौमुल गाउँपालिका वडा न २ दहकोटमा रहेका केही समुदायमा आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमको जनहितमा जारि सन्देश सँगै सचेतना फैलाउने काम भएको आइडिएस नेपालकी सामाजिक परिचालक रूपा खड्काले बताएकी छन । मास्क बितरण सँगै सामाजिक दुरि कायम गरौ, साबुन पानीले हात धोऔँ मास्कको प्रयोग गरौं, अनाबश्यक रुपमा भिडभाड नगरौ जस्ता सन्देश आइडिस नेपालले बाजुरामा “सचेत बनौ, सचेत बनाऔं ” अभियान चलाइ रहेको खड्काले बताएकी छन ।

No description available.

घर घरमा पुुगेर घर बाहिर ननिस्कौं र घर बाहिर निस्किनै परे मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गरौं भन्ने जानकारि सहित जिल्लाका बिभिन्न स्थानिय तहमा जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेको इडिस नेपालका जिल्ला संयाेजक प्रेम खनालले वताए । बाजुराका ९ वटा स्थानिय तह, सरकारी तथा गैर सरकारी कार्यलय, स्वास्थ्यकर्मी, नागरिक समाजले चेतना फैलाउने काममा लागि परेका र सोही बमोजिम आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमले पनि अभियान संचालन गरेको खनालले बताएका छन् । कोरोना बाट बच्न साबुन पानिले हात धुन सरसफाईमा ध्यान दिन सामाजिक दुरी कायम गर्न घर घरमा पुगेर चेतना फैलाइरहेका उनले बताए ।
आइडिएस नेपालले सरसफाइ सम्बन्धी जनचेतना तथा सहजीकरण गर्नका लागी टोल टोलमा पुुगेर स्वास्थ्य सन्देश फैलाइरहेको खनालले बताएका छन । मास्क लगाउने तरिका सरसफाईमा ध्यान दिनुपर्ने  हात धुने बिधी र लकडाउन कार्यनवयन गर्न बारे घर घरमा पुुगेको सामाजिक परिचालक रूपा खड्काले बताएकी छन । जिल्लामा गैरसरकारी संस्थाहरुले स्थानिय तहमा सामाजिक परिचालक परिचालन गरेर स्वास्थ्य सन्देश दिइरहेका छन ।

चर्चामा

सम्बन्धित समाचार