शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • समाचार
  • तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

  • सोमवार, जेष्ठ २४, २०७८
तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं महानगरपालिका-२६ गोंगबुचोक डेरा गरी बस्ने फ्रिदा जोशीको कोठामा तास खेलिरहेको अवस्थामा काभ्रे साँगा घर भई हाल काठमाडौं कलंकी बस्ने ४५ वर्षीया सरिता जोशी लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

फ्रिदा जोशीको कोठामा ताल खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार फिद्रा जोशीको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार