बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • हामीले एक आर्कामा भनाभन,देश भित्रिय डन।

हामीले एक आर्कामा भनाभन,देश भित्रिय डन।

  • सोमवार, जेष्ठ २४, २०७८
हामीले एक आर्कामा भनाभन,देश भित्रिय डन।

सुरेशकुमार पान्डे — ‘भन्छन शन्तान लडे गवार लुटे,हाम्रो देशभित्रको राजनीति यस्तै खाले भयो।खास गरेर हामिहरुमा राजनीति दरिद्रता हैवीभयो।हामीले राजनीति गर्नै जानेनौ,गोपनेताको नाउँमा अन्धभक्तहरु र अनुसाशनको नाउँमा लाटाकोसेराहरु जन्माउँने जस्तै सामन्तबादी सैलीमा शिक्षा दिँदै आए त्यसैको पालना गर्दा गर्दै आज देश भड्खारामा जाँदैछ।तरपनि झोलेहरुको मनसपटलमा मात्र आफ्ना आकाको चाक्रिगर्ने ब्यबहारछ।
देशमा सबैजसो राजनीतिक पार्टीहरुमा लागेको यही रोगहो तर खास गरेर कम्युनिष्टहरुको आचरण सदैभरी घिन्लाग्दो भयो।कसैले आफ्नै साथिहरुको बिचमा सैधान्तिक हथियारले कपालको छाला काँड्न थाले कसैले शिध्धानत लाई तिलाञ्जली दिएर नाङ्गो दलालि राजनीतिक गर्नथाले।कोई क्रान्तिकारी अति रञ्जित नारा लगाएर युवाहरुलाई अराजक सैलिमा उक्साउँने र आफ्नो अवसरबादी महत्वकंक्षिय स्वार्थ पुरागर्ने तिर लागे।कैले जातियताको नाउमा कहिले क्षेत्रियताको नाउमा लडे।कम्युनिष्ट भनौदाहरु आ-आफ्नो स्वार्थमा आपसमा लड्दै गए।
हो त्यही प्रकारले यसैको फाईदा उठाएर बिदेशी घुषपेठिहरुले देशको सार्वभौमिक्ता र अखण्डतामाथि बिस्तारै आफ्ना ऐजेञ्टहरुलाई घुसाए,यही हो वास्तबिकता।हिँजो कता कति चामलमा बिँया थिए बिदेशीहरु आज बियाँमा हामी कता कति चामल हुनथाल्यो तरपनि होश आउँदैन।छिमेकीले बढनिको स्टेसनको नाम शिधार्थ राखेकोछ ठुलो बुद्धका सालिकछन।हाम्रो देशका सिमानाहरुमा उनैको बोलवालाछ।हामिले आफ्नै सहरमा हिन्दी भाषामा बार्तराब गर्नुपर्छ यस्तो बिड्मबनाछ।हामीले हाम्रोदेशमा जन्मिएका यस्ता दार्शनिकको प्रचारमा कृष्ण नगर लगायतका सिमानाहरुमा सालिक बनाउँने र प्रचार गर्न सकिएकोछैन।बिदेशीहरु हाम्रो घरको धुरीमा चडी सक्यो
तर पनि अँझै कसैको दिमाख आएकोछैन अहिले पनि आफुजस्तै देशभक्त र आफ्नै बर्गलाई अनाप सनाप भनेर उनिहरुको बिरुद्धमा जाई लाग्ने बानि यथावर्तनै छ।दुबैथरी कम्तिमा देश प्रति ईमान्दार छन तर एकताछैन।हामीसबैले एक पटक हाम्रो मुख्य उदेश्य के थियो त्यो तर्फ ध्यान केन्द्रित गरौँ त वास्तबमा राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको सवालमा त एकमना एकता गरेर जान सक्किन्छ।उनिहरु जो हाम्रो बिचबाट गए ति हाम्रा दुश्मननै त होईनन।
अहिले को अबस्थामा देशभक्तहरु यदि राजाले देशको लागि आवाज उठाउँछन भनेपनि हामीले राष्ट्रीयताको सवालमा उनि सँगपनि एकता गरेर देश जोगाउँन प्रने अबस्था सिर्जित भएकोबेलामा आफ्नै साथिहरु सँग एकले आर्कालाई हिलो छ्यापेर आफै कम्जोर हुँने काम किन गर्दैछौँ?अहिले देशभन्दा ठुलो पाल्टी होईन सबै भन्दा ठुलो देश हो देश रहेपछि हाम्रो बिचका स-साना मतभेदहरु त छलफल द्वौरापनि समाधान हुन्छन।
सामाजीक राजनैतिक र सैधान्तिक छलफल गर्ने भन्दा पनि अहिले देशको हितमा देशको समस्यालाई सर्वोपरि राखौँन।
अहिले काग्रेस कम्युनिस्ट राजा राप्रपा आदि भनेर पानी बाराबार गर्ने अबस्थाछैन।देशलाई बिदेशिले नियोजीत तरिकाले घेर्न गरिएको शड्यन्त्रको भण्डाफोर्ड गर्ने र देशलाई जोगाउँने काम हुँनुपर्छ।ठिकैछ कुनै साथि सैधान्तिक बिचलन भयो समाज र राजनीतिक पार्टी सँग मैहरुम भयो तर के त्यो देशको दुश्मन होत?होईन भने त्यो देशभक्तहो र हामिसबैलाई देश जोगाउँने खाँचोछ।त्यसकारण अहिले उसँग पनि हाम्रो मैत्रिपुर्ण ब्यबहार हुँनुपर्छ।मेरो बिचारमा अहिले सबै देशभक्तहरुको एकता अपरिहार्यछ।
आज उप मुख्यमन्त्री जस्तो गरिमामय पदमा पुगेका राजेन्द्र महतो जस्तो ब्याक्तिले खुलेआम देशलाई टुक्रा पार्ने अभिब्याक्ति दिएकाछन।त्यो मात्रैहोईन उन्ले बुहुलवादी सिधान्त आफ्नो रणनीति भयको प्रष्ट पारेकाछन।हिँजोको दिनहरुमा उन्ले देशको सम्बिधान मा आगो लगाएर त्यो सम्बिधान नमान्ने भनेर तराईमा आन्दोलन गरे।देशमा लगाएको नाकाबन्दीमा उन्को भुमिका कस्तो थियो कसैबाट लुकेकोछैन।अहिले ओलि सरकारले उनैको दवाबमा नागरिकता जस्तो महत्वपुर्ण दस्ताबेजलाई गोलिमिठाई जसरी बाँट्ने निर्णय गरेकाछन।जस्ले गर्दा लाखौ लाख बिदेशीहरुले नागरिकता पाउँनेछन।त्यो मात्रै होईन चुरेमा भयको बजरी र ढुङ्गालाई घुईयाको भाउमा लिलाम गरेकाछन।यो राष्ट्रीयताको बिरुद्ध गरेको छिमेकीको दलालिनैहो।यही अबस्था रहयो भने देश छिट्टै सिक्किम बन्नेछ।त्यसैले अहिले ओलिको राष्ट्रघाती कदमको भण्डाफोर्ड गर्ने र सबै देशभक्तहरुले आपसमा मित्रता गाँसने काम गर्नुपर्छ।यो काम ति ओलिको पार्टीमा लागेका देशभक्तहरु हुनुहुन्छभने आ-आफ्नै ठाउँबाट आवाज उठाउँनुपर्छ।
हाम्रो ईतिहाश गोरवशालिछ देशभक्त र जुझारुहरुको उत्पादन गर्दै आएको ईतिहाशलाई धुमिल बनाउँने कसैलेपनि दुशसहाश गर्नु भैन।हामिले आफ्नो जनमकाल देखी राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको पक्षमा सम्झौता हिन शंघर्श गर्दै आयौँ र गर्दै जानेछौँ।हामिबाट बिभिन्न कारणले छुटेर गएकाहरु समेतको राष्ट्रीयता र जनतन्त्रको पक्षमा गोरवमय भुमिका रहेकोछ।उनिहरु अहिलेपनि बाबुराम भट्टराई जस्ता केहीलाई छाडेर बिदेशका दलाल भयकाछैन।हामीले आसा गरौँ देशभक्तको रुपमा भयपनि उनिहरुको र हाम्रो निरन्तर एकता रहिरहनेछ।हामीले देशद्रोही बिदेशका दलाल बाहेकका देशभक्त र जनतान्त्रिक शक्ति सँग एकता गरेर देशलाई नव बिदेशी डनहरु नव लैण्डुपहरुबाट देशलाई जोगाउँने प्रयात्न गर्नुपर्दछ।

चर्चामा

सम्बन्धित समाचार