बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • जस्लाई जेल हुनुपर्छ उसैलाई मन्त्री बनाईन्छ!

जस्लाई जेल हुनुपर्छ उसैलाई मन्त्री बनाईन्छ!

  • शनिबार, जेष्ठ २२, २०७८
जस्लाई जेल हुनुपर्छ उसैलाई मन्त्री बनाईन्छ!

सुरेशकुमार पान्डे — हाम्रो देशलाई कुन दिशा तर्फ डोराउँदैछन नेताहरु यो प्रमुख बिषयहो।मेरो लागि मधेश,पहाड र हिमालका सबै जातीहरु एउटै शन्तानहुन।मधेशी जनताको प्रतिनिधि गर्ने पनि देशको सर्वोच्च ठाउँमा हुनुपर्छ भन्दै मैले पहिलेपनि कयौँ रचनाहरु लेख्दै र पोष्ट गर्दै आएकोछुँ।मधेशी पहाडी र हीमाली सयौँ जात जाति एउटै शन्तानहौँ हामी नेपाली,यो आफ्नो मुख्य बिचारहो।जस्ले देशको सम्मान गर्छ त्यसलाई देशको सर्वोच्च ठाउँमा बस्नुपर्छ तर जसले देशको खाएर बिदेशको गुण गाउँछ,देशलाई गलत दिसा तर्फ डोराउँछ।वा देशको सम्बिधानलाई र झण्डालाई जलाउँछ त्यस्ता ब्याक्तिहरु देशको सर्वोच्च ठाउँमा पुगे भने केगर्लान?यहि प्रमुख नागरिकहरुको चासोको बिषयहो।देशमा सात दशक पछि सम्बिधान बन्यो त्यहि सम्बिधानलाई फलाप पार्न छिमेकिकै ईसारामा देशका जनताले ईतिहाशमा नगरेको माग संघियता लाई कथित मदेशवादी नेताहरुले अन्तरिम सम्बिधानमा घुसाउँन सफल भए।त्यँहा बाट देशले अग्रगति लिन सकेने।देशलाई एक मधेश एक प्रदेशको नारा दिएर तराईलाई नेपाल बाटनै अलग गर्ने माग गर्दै आएका यिनै नेताहरुलाई ओली सरकारले सम्मान गर्दै र उनिहरुको मागलाई स्वागत गर्दै आएकाछन।यसबाट ओलि बिदेशको दलाल भन्दा कम होईनन भन्नेकुरा छर्लङ्गै छ।हामीले अहिलेको अबस्थामा
मन्त्रीहरु जो भयपनि खासै फरक पर्दैन किन की दलालि मानसिकता नभयको अहिले संसदभित्र थोरैछन।तर यत्तिहो कसैले धेरै दलालि गर्छन कसैले थोरै गर्छन।हुनुप्रने त देशमा आमूल परिवर्तन हो।तर यो हाम्रो देशको भागमा आएन जनताले साथ दिएपनि अवसरवादी नेताहरुले आन्दोलनको मार्गनै घुमाई दिए र अहिलेको यो अबस्था आएकोछ।
भर्खर राजेन्द्र महोतोले भन्छन भारत बिना नेपालीहरु स्वास फेर्न सक्दैन।उन्ले उपप्रधान मन्त्रीको सफथ खाँदा देशलाई टुक्राउँने संकेत समेत गरेकाछन।देशलाई बहुल राष्ट्रवाद बनाउँने उन्को रणनीति भयको भनेकाछन।नेपाल जस्तो देशलाई बहुराष्ट्रीय देश बनाएर टुक्रा टुक्रा पार्ने उनिहरुको उदेश्य भयको कुरा कसैबाट लुकेकोछैन।
अहिले ओलिले मधेशी समुदायलाई प्राथमिक्ता दिए पछि त राजेन्द्र महोतोले भारत बिना नेपालले स्वास फेर्न समेत सक्दैन भनेर नाङ्गो रुपमा भारतको दलालि गरेकाछन।उनि सुरु देखिनै भारतभक्त हुँन भन्ने कुरा कसैबाट पनि लुकेकोछैन।वास्तबमा जव नेपालको सम्बिधान बन्यो त्यसलाई आगो लागाउँने,तराईमा दंङ्गा गराएर निर्दोशहरुलाई मराउँने उनै प्रमुख थिए।भारतले गरेको नाकाबन्दिको खुलेर प्रसंसा गर्ने मात्र होईन बोडर पर भात खाएर नेपालमा आन्दोलन चर्काउँनमा उनैको हात थियो।अहिले ओलि सरकारले उनिहरुलाई सबै भन्दा पहिले नागरिकता बिध्यायकलाई संसोधन गराएर छुट दिएकाछन।अनि मन्त्री बनाएर सम्मान गरेपछि उन्ले भारतको प्रसंसा गर्दै आफ्ना बक्तब्यहरु जारी गरेकाछन।यसमा कुनै आचार्य मान्नु प्रदैन राजेन्द्र महोतो भारतका लागि आर्को लेण्डुब हुन।उन्ले सुरु देखिनै भारतको पक्षमा शंघर्ष गर्दै आएकाछन।देशको नागरिकता लाई खोकलो बनाएर बिहारीहरु लाई देशभित्राउँने यिनको कामनैहो।यसतालाई सरकारको मन्त्री बनाईन्छ भने देश बाँकि रहने कुरै भैन।यिनिहरुले केहि बर्समा देशलाई सिक्किम बनाएर छाड्नेछन।भनिरहनु पर्ने आबस्याकताछैनजस्तो ब्याक्तिको हाथमा हथियार जान्छ उस्लै उस्तैप्रकारको काम गर्छ।
अहिले देशमा धर्मनिरपेक्ष्यताको बोरोध गर्दै हिन्दु धर्मको वकालत गर्ने माहौल पनि तैयार पार्दैछन।धर्मनिरपेक्ष्यता र संघियता लाई खारेजगरेर देशमा हिन्दु धर्मलाई पुनःलागु गर्ने माग राजावादीहरु समेतले गर्दै आएकाछन।हामिले हाम्रो देशमा सयौँ जाति र धर्महरुछन ति सबै जाती र धर्मको सम्मान हुनुपर्छ भन्नेमा बिस्वाश गर्छौँ।धर्मनिरपेक्ष्यताले सबै धर्म र जातिको प्रतिनिधित्व गर्छ।संघियता को हामिले शुरु देखिनै बिरोध गर्दै आएकाछौँ।संघियता को बिरुद्धामा शान्तिपुर्ण आन्दोलनहरु गर्दै पनि आएकाछौँ।
अहिले देशभित्र त्यस्ता ब्याक्तिहरुलाई सिखरमा पुराउँन थालिएकोछ जस्ले आफ्नो देशको भन्दा भारतको ईसारामा सक्रिय भुमिका निर्वा गर्दै आएकाछन।जस्ले देशको सम्बिधानलाई खुला मञ्चमा जलाउँछ राष्ट्रीय ध्वजलाई पोलछ,देशद्रोही नारा लगाउँछ त्यसता ब्याक्तिहरुलाई त जेल भित्र हुँनुपर्ने होईनर?एउटा देशको लागि यो भन्दा ठुलो बिड्म्बना के हुन सक्छ जो देश द्रोहीछ त्यसैलाई सम्मान गर्ने सरकार लाई हामिले हजारौँ पल्ट मुर्दावाद भनेर भन्दछौँ।
देशका नागरिकहरुले खाडिमा बसेर राष्ट्रीयताको रक्षा गर्न अग्रसरछन।त्यतिमात्रै होईन राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको लागि शंघर्ष गर्दै आएकाछन।तर जस्ले यो देशको लाखौ प्रवाशीहरुको पसिनामा ऐयासि गरेकोछ आज त्यही यो देशलाई नर्क बनाउँन तल्लिनछ।हामिले फेरी पनि भन्छौ देशको सर्वोच्च अंगमा देशभक्त हुनुपर्छ त्यो मधेशको हौश वा हिमालको वा पहाडको।तर कुनै देशको दलालिगर्ने बिदेशको दलाल देशको सकेसम्म नागरिक पनि हुँनुहुदैन भनेर हामिले भन्छौँ।
ईतिहाशलाई पछि फर्केर हेर्नेहो भने देशलाई जोगाउँन देशका होनहार नागरिकहरु सदियौँ देखि शहिद हुँदै आएको ईतिहाश भेट्टिन्छ।देशका नागरिकहरुले आफ्नो प्रणाको बद्लामा बचाएर हामिलाई यो देश दिएर गएकाछन जस्को रक्षागर्ने जिम्मा हामि सबै देशका छोराछोरीहरुको क्रतब्यहो।
देशभित्र कम्युनिस्टको लोगो भिरेर साम्राज्यावादको दलालि गर्नेहरुको राजछ।जस्ले गर्दा देशको दुरगति भैईदोहन हुँदै आएकोछ।चुरे पहाड बाट गिट्टि ढुङ्गा निकाल्ने ठेक्का र नागरिकता मा खोकलो पनि ल्याएर ओलिले भारतिय पक्षलाई खुसि पार्ने प्रयास गर्दै आएकाछन।यो देशको लागि र स्वायम ओलिको लागि पनि ठिक हुनेछैन।किनकी काजी लैण्डुपको ईतिहाश फर्केर हेरेपछि दलालहरुको हार्ष यस्तै हुन्छ भन्नेकुरा बुझ्न सजिलो हुनेछ।

चर्चामा

सम्बन्धित समाचार