• होमपेज
  • समाचार
  • लागुऔषधसहित ४ जना पक्राउ

लागुऔषधसहित ४ जना पक्राउ

  • शनिबार, जेष्ठ २२, २०७८
लागुऔषधसहित ४ जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका छुट्टा-छुट्टै स्थानबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले विशेष सूचनाका आधारमा खटिएको टोलीले भीमदत्त नगरपालिका-१ भाँसीबाट २ जना र बेलौरी नगरपालिका-७ कालोपुलबाट २ जानालाई पक्राउ गरिएको जानकारी दिए ।

भीमदत्त नगरपालिकाको भाँसीबाट बेदकोट नगरपालिका-१ का २१ वर्षीय श्याम पाल र १९ वर्षीय सुरेन्द्र पाललाई पक्राउ गरिएको डीएसपी थापाले बताए । उनीहरुको साथबाट ५.०५ ग्राम खैरो हिरोइन बरामद गरिएको छ।

यस्तै बेलौरी नगरपालिकाबाट कैलालीको धनगढी उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय अम्लेसकुमार शाह र सोही ठाउँका २६ वर्षीय खड्कराज अवस्थीलाई पक्राउ गरिएको डीएसपी थापाले जानकारी दिए ।

उनीहरुको साथबाट ०.७५० ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार