शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकामा एम्वोलेन्स सरह निजि गाडी भाडामा तयार : नगर प्रमुख रावल

त्रिवेणी नगरपालिकामा एम्वोलेन्स सरह निजि गाडी भाडामा तयार : नगर प्रमुख रावल

  • मङ्लबार, जेष्ठ ११, २०७८
त्रिवेणी नगरपालिकामा एम्वोलेन्स सरह निजि गाडी भाडामा तयार : नगर प्रमुख रावल

चक्र बहादुर अएडी — त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलले कोरोना भाईरस संक्रमित विरामीहरुलाई अन्यत्र लिन एम्वोलेन्स सरह निजि गाडीहरु भाडामा लिने गरि तयारी गरेको बताएका छन । कोरोना संक्रमित विराहरुको समस्यालाई मध्यनजर गरि जति बेला पनि सो गाडीहरुलाई तयारि अवस्थामा राखिएको बताए । विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ दिन प्रतिदिन देशमा फैलिरहेको अवस्थामा बाजुरा जिल्लामा पनि मृत्यु हुनेको संख्या र संक्रमित हुनेको संख्या बढिरहेको बेला  त्रिबेणी नगरपालिकामा साे ब्यबस्था गरेकाे बताएका छन ।
नगर प्रमुख रावलले त्रिवेणी नगरपालिकाले कोरोना सम्वन्धि विभिन्न किसिमका कार्य गर्दै आएको बताए। प्रमुख रावलका अनुसार नगरपालिकामा कोभिड अस्पताल संचालनको तयारी भईरहेको र सो अस्पतालको लागि जनशक्तिको पनि व्यवस्थापन भईरहेको जानकारि दिएका छन । त्यस्तै प्रत्येक वडामा रहेका स्वास्थ्य चौकि मार्फत सचेतना मुलक कार्यक्रम गराउन वडा कार्यलयहरुलाई पनि जानकारि गराएको बताए । त्रिवेणीमा कोरोनाको जस्तो सुकै समस्या आएपनि त्यस्को समाधान गर्न नगरपालिका हरपल तयार रहेको बताएका छन।

चर्चामा

सम्बन्धित समाचार