शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • समाजसेवी भरत बुढाको पहलमा १० परिवारलाई राहत बितरण

समाजसेवी भरत बुढाको पहलमा १० परिवारलाई राहत बितरण

  • सोमवार, जेष्ठ १०, २०७८
समाजसेवी भरत बुढाको पहलमा १० परिवारलाई राहत बितरण

बाजुरा — समाजसेवी भरत बुढाले जिल्लाको त्रिबेणी नगरपालिकाको वडा न ८ मा कोरोनाका कारण समस्यामा परेका १० परिवारलाई राहत बितरण गरेका छन । बिगतका दिनदेखी समाजसेवामा लागेका बुढाले बडिमालिका मिडिया हाउसको सहयोग तथा आफ्नै पहलमा राहत बितरण गरेका हुन ।
कोरोना संक्रमणले देश आहालमा डुबेको समयमा त्रिबेणी नगरपालिका वडा न ८ मा रहेका एकल महिला, अपांग ,घरवार विहीन १० परिवारलाई बुढाले राहत बितरण गरीएको बुढाले जानकारी दिएका छन । खाना लाउनको अप्ठ्यारो स्थिति बनेको परिवार हाम्रो सानो पहल, प्रयासमा त्रिबेणि नगरपालिकाका वडा न -८ का एकल महिला, अपांग, घरवार विहीन १० परिवार लाई राहत बितरण गरेको बुढाले बताए । राहत बितरणमा त्रिबेणि नगरपालिकाका नगरप्रमुख रामसिंह रावल लगायत बुद्धिजीवीको उपस्थिति रहेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार