
अर्थ जङ्ग शाही/ बझाङ्ग — महामारीको रूपमा कोरोनाभाइरस (कोभिड १९) को पहिलो लहर सँगसँगै दोर्सो भेरियन्टको रुपमा विश्वभर फैलिएको थियो । यसको असरबाट नेपाल अछुतो रहन सकेन । नेपालमा पनि कोरोनाभाइरसको गहिरो असर पर्यो ।
महामारी नियन्त्रण र संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारले लकडाउन गर्यो । देश पूरै ठप्प भयो । १०० वर्षपछि फैलिएको महामारी के हो र यसले कस्तो असर गर्छ भन्ने बुझ्न विश्वले नै सकिरहेको थिएन।
बझाङ्ग जिल्लाको जयपुथ्वी नगरपालिका _१ कैलासका श्रीमान् सुरत बहादुर सिँह र श्रीमती गँङगा चन्द सिँहले पाँचौँ सन्तानको रुपमा छोरालाई जन्म दिँदा उनको घरमा निकै खुसीयाली छाएको छ। श्रीमान् सुरत बहादुर सिँह पनि आफ्नो पाँचौँ सन्तानको रुपमा छोरा जन्मिदा आफूलाई निकै भाग्यमानी ठानेको बताएका छन्।
छोरा जन्मिएको खुसीयालीमा अबिरजात्रा नै भयो। यही खुसीमा गाउँले र आफन्तले भोज भतेरनै गरे। जयपुथ्वी नगरपालिकाका सो गाउँकै, कैलास बहादुर खड्का छोरा पाउने आशमा चार छोरी जन्माए। लगातार छोरी मात्र जन्मिएपछि यो परिवार निराश थियो। आफन्तले पनि छोरा नै जन्माउन दवाव दिइरहे। अन्नतः चार सन्तान पछि छोरा जन्मियो। चार छोरी जन्मिदासम्म खुसीयाली नमनाएको यो परिवारले छोरा जन्मिएपछि अबीरजात्रासँगै भोज नै दियो। छिमेकीले पनि छोरा जन्मिएकोमा खड्का परिवारलाई बधाइ दिए।
तर छोरा जन्मदा अबीरजात्रा नै हुन्छ। छोरा जन्मदा अबीरजात्रा गर्ने गरिएका कारण अधिकांश जोडीलाई छोरा नै जन्माउनुपर्ने मानसिक दवाव छ। छोरा पाउनैपर्ने दवावका कारण यहाँका महिलाहरू एक दर्जनसम्म सन्तान जन्माउन बाध्य भएका छन्। यही कारण महिलाहरुको स्वास्थ्यमासमेत असर परेको छ। ‘छोरा नजन्मिए परिवारबाटै अपहेलना हुन्छ, छोराले मात्र वंश चलाउँछ भन्ने गलत मान्यता छ’ स्थानीय बिनिता थापाले भनिन्, ‘छोरी जन्मिदा कुनै चासो हुँदैन, तर छोरा जन्मिए अबीरजात्रा नै हुन्छ।’


