• होमपेज
  • समाचार
  • तीन जना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

तीन जना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

  • शुक्रबार, जेष्ठ ७, २०७८
तीन जना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

काठमाण्डौँ — कोरोना सङ्क्रमणका कारणले हालसम्म तीन चिकित्सकको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमणबाट कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको बताए।

मन्त्रालयले ती दिवंगत चिकित्सक प्रति गहिरो दुःख व्यक्त गरेको छ। हालसम्म सङ्क्रमबाट पाँच हजार ८४७ को मृत्यु भइसकेको छ।

चर्चामा

सम्बन्धित समाचार