
बाजुरा — बडिमालिका नगरपालिका वडा न ८ निबासी ता जिल्ला अस्पताल बाजुराका कर्मचारी मान बहादुर थापाले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि २ हजार १ सय ५ रुपैँया सहयोग गरेका छन । कोरोना संक्रमण पछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सीजन ब्यबस्थापन गर्न अभियान संचालन गरीरहेका बेला थापाले बाजुराका नागरिकहरुका स्वास्थ्यमा टेवा पुर्याउनका लागि सहयोग गरेका छन ।
मानबिय सेवामा सबैको ऐकिबद्धता हुनुपर्छ भन्ने मान्यताले थापाले यस अभियानमा सहयोग गरेको सामाजिक अभियान्ता सुरेन्द्र नाथले बताएका छन ।


