बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • महालक्ष्मी मोबाइल ग्यालरीका प्रोप्राईटर रावतद्धारा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

महालक्ष्मी मोबाइल ग्यालरीका प्रोप्राईटर रावतद्धारा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

  • मङ्लबार, जेष्ठ ४, २०७८
महालक्ष्मी मोबाइल ग्यालरीका प्रोप्राईटर रावतद्धारा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

बाजुरा — सदरमुकाम मार्तडी ब्यापार गर्दै आएका महालक्ष्मी मोबाइल ग्यालरीका प्रो प्राईटर शेर बहादुर रावतले अक्सिजन ब्यबस्थापन तथा जोहो गर्नका लागि ५ हजार सहयोग गरेका छन । बिगत लामो समयदेखी सदरमुकाम मार्तडीमा मोबाइल पशल संचालन गरि ब्यापार गर्दै आएका ब्यापारी रावतले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग गरेका हुन । कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन किन्न अभियान संचालन गरे संगै ब्यापारी रावतले पनि सहयोग गरेको बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग गरीएको ब्यापारी रावतले बताए । ब्यापारी रावतले त्यतीले नपुग्ने हुदाँ सहयोगी भावना भएका सबैलाई यस अभियानमा सामेल हुन आग्रह गरेका छन ।
रावत यसअघि पनि बिभिन्न सामाजिक अभियानमा सहयोग गर्दै आएका थिए र यस बिषम प्ररिस्थीतीमा पनि मनाबिय धर्म निर्बाह गर्न अक्सिजन ब्यबस्थापनमा  सहयोग गरेको उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार