शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भ्रामिक (लघुकथा)

भ्रामिक (लघुकथा)

  • शनिबार, जेष्ठ १, २०७८
भ्रामिक (लघुकथा)

लल्लु सानै उमेरमा लाहुरे भयका हुँन उन्ले भारतको बिभिन्न सहरहरुमा होटेल कोठी हरुमा काम गरे।आखिर परदेशमा पाईने काम भनेका तिनै तुच्छ खालका कामनै त हुँन।जे मिल्यो त्यो गर्नै पर्ने नगरिर केगर्ने?आर्काको देशमा न बस्ने ठाम न घोल्टीमा दाम जे जस्तो काम मिल्यो लल्लुले गरे।घरको ठुलो छोरा छिप्पि सकेपछि आमा बा पनि आत्यिएका थिए जसरी भयपनि छोराको घरजम भयको आमा बा लाई देख्नस लाग्छ।
गाउँमा त्यो बेलामा लाहुरे भनेपछि छोरी जस्लेपनि दिन्थे,उस्ले लाहुरमा केकाम गर्छ त्यसबारे कसैले सोधेनन्।गरिब मानिशलाई मिठो खाने राम्रो लगाउँने आस त सबैको हुन्थ्यो।लाहुरमा बसेकाहरुको ज्युडालपनि बनेको हट्टाकट्टा शुन्दर देखिन्थे।लल्लुले पनि आफुभन्दा आधा भन्दा धेरै कम उमेरकी केटी सँग बिबहा गरेर पुनःलाहुर फर्किए।
सातै बर्षकी बालिका लाई बिहेगरेको लल्लु त्यो बेला १८ बर्षका थिए।अनि सानि भयपछि सुकि लाई माईतै छाडे पाँच छ बर्ष उतै माईतमै बस्नेगरी। माईति पनि गरिब थिए जो जति राख्न सक्नु हुन्छ सासु आमा राख्नुश म सुकि अलि ठुलिभयपछि लैजाउँला भनी छाडे।
बल्ल तल्ल छोराको बिहेगरेको तर बुहारी माईतमा छोरा लाहुर फेरीपनि बुढाबुढी त उस्तै छन।लल्लुले एउटा कम्पनिमा फोर क्लासको नोकरी गर्थे।उनि अलि बर्ष घर फर्किएनन् उन्को घरमा बा धेरै बिमार परे।अनि एउटा झाँक्रिलाई बोलाएर रातभरी ढेग्रो ठटाएर झाँक्री बसेपछि उस्ले घरैको बोक्सि भनेर भन्यो।
अब घरमा त बुहारी आएकै थिएन, आएपनि बिचरी सातैबर्षमा कसरी बोक्सि भै नपताउँने कुरा।अरु आफ्ना छोरा-छोरी प्रति संका गर्ने ठाउँ थिएन।बुढालाई भित्र भित्रै आफ्नै श्रीमति तिर संका गयो।अब बिस्तारै बुढा बुढी बिच मन मोटाव र घरि-घरी झड्प पनि हुनथाल्यो। बुढाले आफ्नो स्वस्निलाई देख्नै नसक्ने भए।स्वस्निले दिएको पनि नखाने हाकि दाउँ तँ बोक्सिनीले पकाएको खाँदैन भनेर दिएको भात पनि हुत्यईदिने गर्न थाले।यो झग्डा बढ्दै गयो बिचारी बुढिले बुढालाई लाख सम्झाउँदापनि बुढाले पटक्कै मानेन।अब गाउँमा गाई भैँसी जे सुकै बिमार भयपनि संका उनै बुढी तिर जान थाल्यो।बुढीलाई लगभग आफ्नै बुढाले बोक्सेनी छे यो भनेर प्रचारनै गर्थे।
उता सुकिलाई एउटा हात हेर्ने ठगेले हात हेरेर भने “ओहो नानि तिम्रो त गर दसा ठिक देखिदैन अनि दुई बिहेको जोकछ यो घरबार बन्दैन भनेर ठगेले भन्यो।”यो सुनेर सुकिको आमाले अब आफ्नो छोरी लाई कतै राम्रो केटो पाए पोईल लगाउँने बिचार गरिन।कसैको मनको कुरा कस्लाई के थाहा हुँन्छ!लल्लूले आफ्नो श्रीमति माईतमा शुरक्षित छ भन्ने थियो यता भित्र भित्र सुकिको लागि सुकिकी आमाले केटा खोज्दै थिईन।बिहे गर्नता भैन तर छोरीलाई सुटुक्क कतै लगाई दिने दाउँमा थिईन।
दिन बित्दै गय लल्लुका आमा र बा मिल्न नसकेर एक्ला एक्लै बस्न थाले।उत्ता सुकि पनि झण्डै बाह्र सालकि भयकीछन।उता ठगेले हात हेरेका कयौँ को भबिश्य ठ्याक्कै मिलेको थियो।ठगेको ब्यापक प्रचार हुँदै थियो उस्ले भनेको पुगेपछि टाडा टाडाबाट पनि हात हेर्न आउँनेहरुको ताँति लाग्न थाल्यो।धेरै जसोको दुई घर कसैका तिनघर भयका थिए।
लाहुर गएका अलि बर्ष आएनन् भनि अब त्यो फर्किदैन भनेर त्यो ठगेले भ्रम दिन्थ्यो।उसैको भ्रममा परेर अन्त पोईल जाने केटाहरुले पनि अरु ल्याउँने गर्थे।यो रुढीवादी झाँसामा परेर कयौँका घर बर्वाद भयको थियो।तरपनि पुरा गाउँ समाजमा रुढीवादी परमपरा फैलिदै थियो।यसैको फाईदा उठाएर ठगे,भैरे झाँक्रि र जुगराज बाहुँनले उठाएका थिए।बाहुँनले स्वर्ग र नर्कका कथा सुनाएर मरेपछि स्वर्गमा पुराउँने सपना देखाउँथ्यो र अरुबाट दान दक्षिणा जिप्टाउँथे।ठगेले हात हरेर दुनियाका छोरी बुहारी हरुलाई पोईल जान बाध्य गराउँथ्यो।उस्तै भैईरे झाँक्रिले समाजमा मानिश गाई भैँशी बिमारी भयो भने झाक्रि बसेर उपचार गर्थ्यो।उनिहरुको गुजाररा यसरी चलेको थियो।
तर पनि यँहाको समाजले उनै तिन जनालाई बोलाउँथे।पुजा पाठ सर्द्धा आदि गर्दा जुगे बाहुँन,कुनै समस्या पय्रो भने ठगे सँग हात हेराउँने,बिमारीको उपचारका लागि भैरे झाँक्रि यिनै यो गाउँका प्रमुख थिए।
यो कुराको ल्लुलाई भनक भयो लल्लु केही बर्ष देखि लाहुरमा एकता समाजमा सामिल भयको कार्याक्रता थियो।गर्दा पनि उस्ले आफु भन्दा धेरै कम उमेरको बिहे नगर्ने भनेको थियो तर सबैले सम्झाएपछि चुपचाप बिहेगय्रो र सुकिलाई माईतमै बस्न भन्यो।पछि लल्लुले ठगेको भन्डा फोर्ड गय्रो उसैका कारणले धेरै महिलाहरुको घर बिग्रेको तथ्य कुरा देखायो,र झाड फुक गरेर कसैलाई निको हुँदैन बिमारी बढ्छ यो बाट भनेर देखायो।स्वायम लल्लुको बालाई जस्ले आफ्नै स्वस्निलाई संका गरेर एक्लै बसेका थिए उन्को उपचार गराएर बिमारी निको पय्रो।अनि जुगे बाहुँनलाई पनि कतिलाई स्वर्गमा पुरायौ भन भन्दै खुब जनताको माजमा नङ्गायो।
एउटा सचेत नागरिक समाजमा रहेका कुरितीहरुबाट डराउँदैन बरु शंघर्ष गर्छ।त्यहि प्रकारले लल्लुले पनि कुरितिलाई पञ्छाउँन शंघर्षगर्ने निर्णय गय्रो।जस्ले आफु बाँच्दा समनि समाजमा रहेका तमाम कुसँस्कार र रुढीवादी बिचारधाराको बिरुद्धामा शंघर्ष गय्रो।जस्ले कयौँ घरहरु भत्किन बाट जोगायो कयौँलाई सामाजिक बिभेदबाट लड्न सिकायो।
आज उ कोरोनाको चपेटमा शंघर्ष गर्दैछ आँक्सिजन नपाएर मृत्यु सँग जुझ्दैछ।एउटा समाज सेवक सच्चा देशभक्त समाज प्रेमि तर सरकारले यस्ता नागरिकहरुको खाँचो महेशुर्ष गर्दैनन।
(कथा काल्पनिक हो यस्का पात्रका नाम पनि काल्पनिक हुँन कसैको निजि भबिश्य सँग मेल खाएमा सञ्जोग मात्र हुँनेछ)

चर्चामा

सम्बन्धित समाचार