सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीका अभागी श्रीमानः जसले संक्रमित श्रीमतीको शव व्यवस्थापन गर्न समेत मान्छे पाएनन्

कैलालीका अभागी श्रीमानः जसले संक्रमित श्रीमतीको शव व्यवस्थापन गर्न समेत मान्छे पाएनन्

  • मङ्लबार, बैशाख २८, २०७८
कैलालीका अभागी श्रीमानः जसले संक्रमित श्रीमतीको शव व्यवस्थापन गर्न समेत मान्छे पाएनन्

धनगढी– कैलालीको भजनी नगरपालिका–१ की ४३ वर्षीया महिलाको मंगलबार बिहान ज्यान गयो।

 करिब १ हप्तादेखि भजनी अस्थायी कोभिड अस्पतालमा उपचाररत उनको बिहान ३ बजेतिर मृत्यु भएको थियो।

मृत्युपछि उनको शव व्यवस्थापन गर्न कोही अघि सरेनन्। नगरपालिकाको टिप्परले शव वडा नम्बर ३ मा रहेका कान्द्रा नदी किनारमा छाडेपछि मृतकका श्रीमान आफै शव व्यवस्थापन गर्न लागेका छन्। कसैले खाल्डो खन्न समेत उपकरण नदिएपनि उनी आफै खाल्डो खनिरहेको प्रत्यक्षदर्शीले बताएका छन्।

एक त श्रीमती गुमाएको पीडा, त्यसैमा बैशाखको चर्को घाममा कान्द्रा किनारमा उनी एक्लै खाल्डो खनिरहेका छन्। वरपर अर्को शव व्यवस्थापन गर्न आएका मान्छेहरुले रमिते बनेर त्यो दृश्य हेरिरहेका छन्।

भजनीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि स्वास्थ्य मापदण्ड पालना गरेर बढीमा २५ जना सहभागी हुनेगरी भरपाइ बनाएर अस्थायी कोभिड अस्पतालले आफन्तलाई जिम्मा दिने गरेको छ। त्यसपछि नगरपालिकाले टिप्पर र जेसीबी प्रयोग गरेर शवको व्यवस्थापन गरिहेको छ।

शव व्यस्थापनका लागि खाल्डो खन्न नगरपालिकाले जेसीबी पठाउने गरेतापनि यसपटक उक्त जेसीबीको टायर पन्चर भएकाले पठाउन नसकिएको नगरप्रमुख शेरबहादुर चौधरीले बताए।

यस्तै भजनी नगरपालिकाले स्थापना गरेको १५ बेडको अस्थायी कोभिड अस्पतालमा स्वास्थ्यर्मी र उपकरण सँगसगै अत्यावश्यक खोपानीको समेत समस्या भइरहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार