मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • कोरोना रोकथाममा पनि प्रहरी फ्रन्टलाइनमै छ : प्रहरी प्रमुख महरा (भिडीयाे सहित)

कोरोना रोकथाममा पनि प्रहरी फ्रन्टलाइनमै छ : प्रहरी प्रमुख महरा (भिडीयाे सहित)

  • आइतवार, बैशाख २६, २०७८
कोरोना रोकथाममा पनि प्रहरी फ्रन्टलाइनमै छ : प्रहरी प्रमुख महरा (भिडीयाे सहित)

बाजुरा — जिल्लामा कोरोना रोकथामका लागि जिल्लाभरका सबै युनिटलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन । कोरोना रोकथामका लागि गाउँगाउँमा जनचेतना दिन यतिबेला सबै गाउँमा प्रहरी पठाएको बडिमालिका खवरको कोरोना कहरमा हाम्रो भुमिका बिषायक कार्यक्रममा यस्तो बताएका हुन ।
यति बेला कोभिट १९ बाट बिश्व संगै नेपाल पनी अछुतो नरहेको अबस्थामा बाजुरा पनि त्यसको भागिदार बनेको छ उनेले भने । जिल्लाबासी नागरिकहरुले स्वास्थ्यका नियम पालन सामाजिक दुरी कायम गर्नुपर्ने र सरकारले बनाएको स्वास्थ्य मापदण्डलाई अनिबार्य रुपमा पालना गर्नुपर्ने प्रहरी प्रमुख महराले बताए ।
जिवन रहयो भने कामहरु पछि पनी गर्न सकिने भएकोले सबै भन्दा पहिला आफ्नो ज्यानको सुरक्षा गर्न जिल्लाबासीलाई प्रहरी प्रमुख महराले आग्रह गरेका छन । अहिलेको बिषम पस्थितीमा बाहिर जाने अनाआबस्यक भिडभाड नगर्ने सरसफाईमा बढि ध्यान दिन सकेमा कोरेना भाईरसबाट बच्न र बचाउन सबै नागरिकको उत्तीकै भुमीका रहेको उनले बताए ।
सबै ठाउँमा प्रहरी एक्लै पुग्न सक्दैन र सबैले आ आफ्नो ठाउँबाट सबैले लाग्नुपर्ने बताएका छन । यो समयमा सबैको उत्तिकै भुमिका रहनुपर्ने बताए ।
जुनसुकै ठाउँमा जस्तोसुकै घटना होस या कुनै बिपत्तीको बेला प्रहरी पहिले पुग्ने गर्दछ । हाल बिश्व संगै नेपाल पनि कोरोना भाइरस रोगबाट ग्रसित भईरहदा प्रहरी नै फ्रन्टलाईनमै देखिएको छ । चाहे त्यो सडकमा होस या कुनै अस्पतालमा प्रहरीकै अग्रसरता रहेको देखीन्छ ।

चर्चामा

सम्बन्धित समाचार