बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साहित्य बारे केही भन्नुपर्दा!

साहित्य बारे केही भन्नुपर्दा!

  • आइतवार, बैशाख २६, २०७८
साहित्य बारे केही भन्नुपर्दा!

सुरेशकुमार पान्डे– हिँजो आज कतिपय साथिहरु खास गरेर साहित्यिक प्रेमिहरुले कयौँ प्रश्नहरु बारे जिग्याशा गर्नुहुँन्छ,गजल केहो कजल र कवितामा के फरकछ?आदि यित्यादी।त्यसबारेमा त बिग्यहरुले नै बुझाउँन ब्याख्या गर्न र चिरफार गरेर जस्ताको तस्तै ओर्लयाउँन सक्नुहोला।मैले साहित्यको बारेमा भन्नु पर्दा-वास्तबिक रुपमा साहित्य एउटा भावहो जो अन्तरत्माबाट निस्केको प्रतिभाहो।
जो हरेक ब्याक्तिको भित्र खानिको रुपमा रहेको हुँन्छ।तर त्यसलाई बाहिर ल्याउँन सक्नु पर्छ।एउका घँसारु लाई घाँस काट्दा हँशियाले हात काटेपछि कवीले त्यसैबाट एउटा कविता गजल तैयार गर्छ,नदीको बहाब,बतास चिसोपन,आँधी तुफानहरुबाट रचना तैयार हुँन्छ।अरबको खाडिमा ५०डिग्रिको तापमानमा मज्दुरहरुको पिडाबाट तैयार हुँन्छ।समाजभित्र अपहेलित नारी,असमान्ताको बिरुद्धमा लडेको दलितको मर्मबाट तैयार हुन्छ।मेक्सिम गोर्किले एउटा साक्षतकारमा भनेकाथिए।”मैले आफ्नो घुमन्ते जीवनमा लेख्दै जाँदा कतिबेला साहित्यकार भयछुँ पत्तै पाएन।चीनमा लसुनले रचनाले समाजलाई परिवरतनगर्ने हथियार बताएकाछन।उन्ले थुप्रै क्रान्तिकारी अपेराहरु तैयार गरे।
आफुले गरेका काम,पाएको दुःख बाट उत्तपन्न भयको पिडाहरुको सँगालोलाई तिखारेर कलाको रुपमा प्रश्तुतःगरेको नै साहित्यहो।मानिशले भोगेका थुप्रै दुःख सुखका घटनाहरु बाट त्यसको असरलाई पस्केको कलाहो प्रतिभाहो त्यसैलाई साहित्य नाम दिएको हुँन्छौँ।यो कला हरेक मानिश भित्र लुकेको हुँन्छ।जस्ले जुन क्षेत्रमा योगदान दिएको हुन्छ वा भनौ जस्ले जुनकाम गरेको हुन्छ उसले त्यहि प्रकारको रचना पस्किन्छ।त्यसकारणले पनि रचना बर्गिय हुन्छन।एउटा ऐयाश शासकले प्रेमिल सिङ्गारीय गजल बनाउँन सक्ला तर उस्ले हलो जोत्ने हली,गोठालो,प्रवाशमा मज्दुर को पिडा र उ माथि भयको शोशणको बारेमा गजल बनाउँन गारो हुन्छ।मज्दुरले सामाजिक हत्थकडी लाई र शोशकको बेढी लाई तोड्ने खालको रचना कोर्छन तर शाशकले मज्दुरलाई लगाउँने हत्थकडीको बारेमा रचना गर्छन।त्यसकारणले साहित्यिक फाँटपनि बर्गिय हुन्छ मेरो बिचारमा।
प्रतिभालाई कसैले समाजमा ल्याउँन खोज्छ भने कलाकारले प्रोतोस्हान गर्नुपर्छ यदि त्यसो गर्दैन भने त्यसलाई कलाकार भनेर भन्नु मिल्लदैन।फलामको खानिबाट फलाम निकाले पछि त्यसलाई गलाएर स्टिल बनाउँछन मिस्त्रीहरुले।शुनको खानिबाट ल्याएर टक्सालमा शुनारले गहनाबनाउँछन।यदि गहना बनाउँन जान्दैन भने उस्लाई शुनार भन्नुको अर्थ रहदैन।हाम्रो देशमा त पढ्नै नजानेका लाई पनि मास्टर भन्छन किनकी उस्को स्वस्नी मास्टर्नीछन।गहना नबनाएपनि उसलाई जातिए आधारमै शुनार भनिन्छन,लुगा सिलाउँनै नजानेका पनि परियार हुँन्छन त्यो एउटा पक्ष मात्रहो।
वास्तबिक अर्थमा बिगतलाई अध्यान गर्दापनि काम अनुसार जातीको बिभाजन भयको ईतिहाश भेट्टिन्छ।
तर अहिले त्यो भन्दा बरु बिक्रिती असमानता बढेकोछ,छुवाछुत पनि उस्तैछ।तर काम भने जोले जेगरेपनि हुँन्छ त्यो लगभग बुझ्दै गयकाछन।
प्रतेक मानिशमा कुनैन कुनै कला हुन्छ प्रतिभा हुँन्छ गीत,नाटक,कवीता,गजल,मुक्तक,लगाएतका अहिले नयाँ-नयाँ खोज अनुसार साइनो,कोपिला,आदिमा बिभिन्न बिधाहरुमा धेरै मित्रहरुले कलम चलाउँदै आउँनु भयकोछ।उँहाहरु मध्यका धेरैले सिङ्गारिय रचनाहरुलाई प्राथमिकता दिनु हुँन्छ।समाजले पनि त्यसलाई छिट्टै अंगाल्छ,तर प्रगतिशिल लेख र रचनाहरुलाई झ्यास्सै पचाउँदैनन्।
अहिलेका युवाहरुलाई हाम्रा बाजे घँसारु थिए भनेर ठिक सत्य बोल्दा रिस उठ्छ,बरु हाम्रा बाजे एउटा बुद्धिजीवी थिए,नेता थिए,पञ्च प्रधान थिए भन्दा हुरुक्कै पर्छन।किन?हामिमा पश्चिमा प्रभाब निम्मन पुँजिवादी प्रभाव परेकोछ।सामन्तवादी अबशेष जिवितनै छ त्यसैको परिणाम हो।
गजलको ईतिहाशको बारेमा भन्नु पर्दा यो गजल शब्दको ब्युत्पत्ति र अर्थको बारेमा छोट्करीमा भन्नुपर्दा यसरी भन्छुँ।वास्तबमा गजल फारसी भाषाको नाम वाचक शब्दहो।यो फारशी स्रोतको स्त्री लिङ्गिय शब्दहो।अरबी भाषामा ‘ग’को अर्थ बाणी,’ज’को अर्थ स्त्री,र ‘अल’को अर्थ को वा हो,हुँन्छ।साँचै भन्नु पर्दा गजल धेरै पुरानो ईतिहाश त्यो बेलाका राजा रजौटेहरुले गर्ने ऐयासीको उपज पनि हुँन सक्छ।किनकी गजलमा प्रयाजसो महिलाहरु सँग गरिने बारतलाब सिङ्गारिय प्रकारको शब्द चयन भयको पाईन्छ।तर पछिल्लो पटक गजल प्रगतिशिल देशभक्ति रचनाको रुपमा बिकसित हुँदै आएकोछ,योनै यसको सबल पक्षहो।
नेपाली गजलको ईतिहाश भने खास गरेर वि.स.१९२३मा जन्मिएका कवि मोतीराम भट्टले भित्राएका हुँन भन्न सकिन्छ।वि.स१९४०तिर गजल लेखेर सुरुवात गरेको पाईन्छ।
कसैले भन्छन गजलमा जम्मा पाँच शेरहरु हुँनुपर्छ तर त्यो गलत बिचार फिजाई राखेकाछन।वास्तबमा गजलमा कम्तिमा पाँच बढीमा ग्यार शेरहरु हुन्छन।
गजल लेख्न त्यती सजिलो छैन लोक गीतका टुक्का मिलाएको जस्तो हुँदैन।एउटा उत्कृष्ट गजल बन्नको लागि समग्रहमा संम्रचात्मक संगठभित्र शेर,मक्ता, मतला,मिसरा,काफिया,रदिफ,तख्ल्लुसका साथै बिषय तथा भाव,शैली,लय तथा छन्द जस्ता पक्षको प्रयोग सन्तुलित रुपमा गरिनु पर्छ।यिनै बिभिन्न आधारमा गजलको त्त्वगत वैशिष्ठय खोज्ने प्रयात्न भयमा त्यो गजल पुर्ण र उत्कृष्ट हुन सक्छ।यि सामाग्रिहरु गजलमा प्रयोग गर्दा शान्द्रभिक र तार्किक ढङ्गले राखेमा गजल राम्रो बन्छ।गजल का यि ऐतिहाशिक तत्वहरु बाहेक गजलको सामाग्रि गजलकारले आफु भित्र खोज्नु पर्दछ भन्ने मलाई लाग्छ।
हो गजल मुक्तक वा जुनसुकै रचनामा पनि शुद्धताको आबस्याकता हुँन्छ तर शुद्धछैन भनेर कसैको प्रतिभा सँग खेलवाड गर्नु त्यो रचनालाई हटाउँनु जस्ता कम्जोरीहरु गर्नुहुँदैन।रचनाकार गरिब,मज्दुर अनपढ हरुपनि हुन्छन,थोरै पढेका अक्षर चिन्न सक्ने र शाक्षर पनि हुँनसक्छन उनिहरुको प्रतिभालाई जानेका शुद्ध लेख्न सक्नेहरुले सहयोग गरेर आफुले पनि थोरै योगदान मिसाएर उस्लाई अगाडि बढाउँने प्रयात्न गर्नु पर्दछ।कतिपय आफुलाई भाषाका ज्ञाता बताउँनेहरु बाट रचनाकारहरु माथि शुद्धताको नाउमा उनिहरुको उपहाश गर्ने,उनिहरुले लेखेका रचनाहरुलाई रोक लगाउँने पत्रिकाहरुमा जान नदिने जस्ता कयौँ घृणित ब्यबह

Suresh Kumar sent Yesterday at 8:11 PM
ार भयको पनि पाईयो।यस्ता कथित पत्रिका वा पत्रकार अरुका रचना संकलन गरेर पत्रिकाहरुमा पठाईदिनेर त्यसको ऐशान देखाउँने उनिहरुलाई पत्रिकामा छपाएको भनेर आफ्नो सम्मान गर्न लगाउँने कथित पत्रकारहरु झनै खराब हुँन्छन।कसैको रचना र कलाले मात्र बिभिन्नखाले पत्रिकाहरु सञ्चालित हुन्छन।
मैले के भन्छु भने सबै ब्याक्तिहरुमा कला प्रतिभाहरु हुन्छन तिनलाई साहित्येमा ढालेर पस्किनुश सके सम्म भाशामा शुद्धता ल्याउँनुश तर लेखाईमा शुद्धताछैन भनेर आफ्ना कला प्रतिभाहरुलाई ल्याउँन नछाड्नुहोश। रचनाहरुको मर्म देश र जनताको हितमा हुनु पर्छ।
मैले गजल लाई प्रेमिले आत्म हत्या गरेको होईन एउटा देशभक्तले देशको लागि शहिद भयको बनाउँन खोजेकोछुँ।
गजल ऐयासी र सिङ्गारिय मात्र होईन देशभक्ति र क्रान्तिकारी मार्गमा डोराउँन प्रयात्न गर्न आवहान गर्दछुँ।
कुनै पनि साहित्य केवल मयाँ प्रतिको लागि मात्रै रचिदैन।देशको लागि जनताको लागि पनि रचिएका हुन्छन र हुँनु पर्दछ।राष्ट्रीयता जनतन्त्र र जनजीवीकाको पक्षमा शसक्त आवाज उठाउँन सक्नु पर्दछ।कला साहित्यले बर्तमानको यो भ्रष्टचारी ब्यबस्थाको भण्डाफोर्ड गरेर मानवताको हितमा आमूल परिवर्तनको शंखनाथ गर्न शक्षेम हुँनु पर्छ।

चर्चामा

सम्बन्धित समाचार