शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • हावाबाट पनि कोरोना सर्ने, यसरी अपनाउनुहोस् सावधानी

हावाबाट पनि कोरोना सर्ने, यसरी अपनाउनुहोस् सावधानी

  • आइतवार, बैशाख २६, २०७८
हावाबाट पनि कोरोना सर्ने, यसरी अपनाउनुहोस् सावधानी

काठमाडौं — हावाबाट कोरोना सर्छ कि सर्दैन भन्ने एक वर्षदेखिको विवाद अन्त्य गर्दै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने बताएको छ । सीडीसीद्वारा जारी कोरोना भाइरस सम्बन्धी निर्देशिकामा सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि संक्रमण हुन सक्ने उल्लेख छ ।

संक्रमित व्यक्तिले श्वास फेर्दा भाइरसयुक्त ओसिला कणहरु हावामा छाड्ने र ती कण हावामै केही समय जीवित रहन सक्ने भएकाले हावामार्फत् कोरोना सर्ने सो केन्द्रले जनाएको छ । यसरी हावामा आएका संक्रमित कणहरु केही मिनेटदेखि केही घण्टासम्मै हावामा जीवित रहन सक्ने उसको भनाइ छ ।

खुला ठाउँमा ६ मिटरको दुरी राखेर मास्क लगाई बस्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना कम हुने भए पनि यदि बन्द कोठाभित्र संक्रमित व्यक्ति १५ मिनेटभन्दा लामो समय रहेको छ भने संक्रमण हावामा समेत मिसिन सक्ने बैज्ञानिकहरुले बताएका छन् । यस्तो अवस्थामा यदि संक्रमण नभएको व्यक्ति ६ फिटभन्दा टाढा भए पनि उसलाई संक्रमण हुन सक्छ ।

गत महिना लासेन्ट जर्नलमा प्रकाशित रिपोर्टले कोरोनाको संक्रमण हावाबाट पनि फैलिने तथ्य उजागर गरेको थियो । जसमा र्‍यालबाट मात्र नभई हावाबाट पनि कोरोना सर्न सक्ने भन्दै ३ घण्टासम्म हावामा कोरोना भाइरस जीवित पाइएको भनिएको छ ।

सुरुमा हावाबाट कोरोना फैलिने कुरा मान्न तयार नरहेको विश्व स्वास्थ्य संगठनले पनि आफ्नो गाइडलाइन अपडेट गरी हावाबाट कोरोना सर्न सक्ने बताएको छ । लासेन्ट जर्नलको रिपोर्टपछि नै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले पनि आफ्नो गाइडलाइनमा अपडेट गरेको हो ।

बन्द कोठामा नभेट्न सुझाव

हावाबाट पनि कोरोना सर्न सक्ने नयाँ तथ्यसँगै वैैज्ञानिकहरुले भेन्टिलेसन नभएको बन्द कोठामा संक्रामक वा संक्रमणको जोखिम भएका व्यक्तिसँग ६ मिटरको दुरी राखेर पनि नभेट्न सुझाएका छन् ।

यसअघि सीडीसीले भाइरसको संक्रमण अधिकांश समय संक्रमितको सम्पर्कमा आएपछि मात्रै हुने उल्लेख गरेको थियो । त्यस्तै उसले भाइरस वायुको माध्यमबाट नसर्ने बताउँदै आएको थियो । संक्रामक रोग विज्ञहरुले भने भाइरस अति साना हावामा हुने कणबाट पनि सर्न सक्ने भन्दै सीडीसी तथा विश्व स्वास्थ्य संगठनलाई सचेत हुनुपर्ने बताउँदै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार