शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लघुकथा (आपबिती)

लघुकथा (आपबिती)

  • शनिबार, बैशाख २५, २०७८
लघुकथा (आपबिती)

राम अत्यान्तै निरास देखिन्थे!थकित अबस्थामा भर्खरै घर पुगेर भुँईमा थचक्कै बसे।मानौ उनी भित्र कत्ति प्राण शेष रहेकोछैन,सुकेका ओठ,मुर्झाएको मुहार देखेपछि सेतेलाई उन्को बारेमा सोध्ने मन लाग्यो।सेते बजार तिरबाट त्यही बाटो आएको थियो रामलाई कतैबाट आएको देखे पछि,पछिपछि रामको घरमा गयो।तर रामलाई सेते नजिकै उभिएको हेक्कानै भयन,उनि आफ्नै समस्यामा उल्झिएका थिए।
नमस्ते राम जी के भयो संञ्चो छैनर हजूरलाई?सेतेले रामको हालचाल सोधेपछि बल्ल रामले सेते तिर पिर्लुक्कै हेर्न भ्याय।उनलाई अत्यान्तै उदाश देखेर आर्को पटक सेतेले सोधेन! ठिङ्गै उभिएर उन्लाई नियाल्दै थियो। होईन खास मलाई त निको लाग्यो जोरो खोकी थियो तर परिवारहरु सबै बिमार होष्पिटलमै छन!उन्ले एकछिन पछि ठुलो स्वास लिँदै भन्छन।उनिहरु बिमार भयको सेतेलाई थाहा थिएन हौश पनि कसरी हिँजो आज लाकडाउँनले गर्दा कोई कतै जाने जस्तो पनि छैन।घरमा बसोबाश छ।कसैलाई जोरो आएकोछ भने मानिशहरु त्यो ब्याक्तिबाट अलि टाडा हुन्छन।आखिर यस्तो रोग पनि जम्मेला भनेर कसैले सोचेका थिएनौँ।जुन सुकै बिमारी भयपनि मानिशहरु रोगिको नजिक लाग्दैनन्।डाक्टरहरुले पनि पहिलै त नजिक जाँन खोज्दैनन् कोरोना चैक गरेर त्यसको रिपोर्ट आएपछि बल्ल उपचार गर्छन।यही बेलामा मौशमी जरो खोकी पनि वाईरसको रुपमा हुन्छ तर त्यता तिर कसैको ध्याननै जा्दैन।जो-जस्ले पनि कोरोना नै होला भनठानेर टाडिन्छन।
सेते पनि भर्खरै लाहुर बाट आएको मैना दिन पनि पुगेको थिएन।घरी जोरो आउँने घरी काँसो लाग्ने र हात खुट्टा दुख्ने बिमारी भयकोले पनि यता उता झ्यास्सै हिँड्न मनले मान्दैन थियो।एक त लाहुर बाट आएको भनेपछि मानिसहरु अलि पर-पर गएको जस्तै लाग्थ्यो।खै “चोरको टाउकामा सिन्का”भने जस्तै अरुले भनुन वा न भनुन सेते आफैलाई तेस्तो लाग्थ्यो।अनि के भन्यो त डाक्टरले? राम तिर हेर्दै सेतेले प्रश्न गर्छ।केही भनेको छैन कोरोनाहरु को स्वस लिएर पठाएको हो अंझै रिपोर्ट आएकोछैन अस्पत्तालको बैठमा राखेकोछ,औशधी त सुरुनै गरेकोछैन!उन्ले दुखेशो पोख्छन।
केही दिन देखि घरमै सबै बिमार थियौँ आज बल्ल-बल्ल होस्पीटलमा लिएर दाखला त गरेकोछुँ।रीपोर्ट न आउँदै कोई नजीक पनि जाँदैनन् उता अस्पत्तालको बैठ खालि नभएर बाहिर चौरमा मरिजहरु पल्टेकाछन।आँक्सिजन नभएर मरिजहरुको अबस्था अत्यान्तै दयानियछ,उफ उन्ले ठुलो स्वसलिन्छन।खै यो बेलामा कोई भेट गर्न पनि आएनन्!उन्ले थप्छन।
निरास नहुँनुश मित्र होशला राख्नुहौश सबै ठिक हुँन्छ।समस्या त मानिशलाई नै पर्छ मानिश भयपछि शंघर्ष गर्नै पर्छ!सेतेले सम्झाउँछ।तर उन्लाई बाहिर जस्तो भयपनि भित्र गहिरो घाउ भयको महेशुर्ष हुँन्छ।जस्लाई परेको हुन्छ त्यस्ता आस्वाशनले पनि राहात दिन सक्दैन भित्र भित्रै त घाउ चराएकै हुँन्छ।राम सामाजिक मान्छे हुँन सबैलाई पर्दा सदै तैयार रहने गर्थे उनि बिमारी लगायत कुनै पनि भै परि आएका जस्तासुकै समस्यामा पनि अग्रिम पंक्तिमा हुँन्थे।आज केही दिन बाट उनिहरुको पुरै परिवार बिमार परेको बेला कोई नगएकोले होला उन्ले आफुलाई एक्लो महेशुर्ष गरेका रैछन।आखिर समस्या त सबैको उस्तै हो!हुँन त कुनै सामाजिक ब्याक्तिले कसैको लागि सहयोग गर्दा कहिलैई यस्तो सोचेको हुँदैन कि मैले यस्को सहयोग गरे भोलि मलाई यस्ले हेरदेख गर्ला।तरपनि आफुलाई परेको बेलामा कसैले हाल चाल पनि नसोध्दा दुःख त लाग्छनै सो उन्लाई पनि महेशुर्ष भएकै थ्यो।निराश नहुँनु राम जी भन्दै दिलाशा दिएर सेते फर्कियो।
घरमा आएर सेते आफै सँग प्रश्न गर्छ,आखिर यस्तो परेको बेला कोई साथि भाईले हाल चाल पनि न सोध्दा कत्तिको पिर लाग्छ भन्नेकुरा आफुलाई थाहाछ।घरमा आएर कुर्चिमा बसेकै थियो पुरानो कुरा सम्रण भयो।सेतेले भर्खर बिवाह गरेर परिवारलाई लिएर लाहुर गयो,त्यँहा सेते सेती र उस्को बैना बस्थे,एक पटक यस्तो भयो तिनै जना बिमार परे।बिमार पनि यस्तो सेतिको हातमा कुनै बिषालु किटले टोक्यो,बैनीलाई जरो आयो,आफुलाई पेटमा ठुलो बालतोड भयो र तिनै जना यता उता जान नसक्ने अबस्थामा थला परे।अनि घरमा भएको धनपैसा सिद्धियो न त कोई हेर देख गर्न आए।यध्यापि सेते पनि सामाजिक मानिश हो।मान्छेलाई पर्दा रात भनेन दिन भनेन जति बेला पनि उ तैयार हुँन्थ्यो।तर अहिले एक साता देखि कुनै माईका लाल हालचाल सोध्न पनि आएनन।अँघि पछि के पाक्यो भन्दै आउँनेहरु पनि त्यो अबधिभरी देखिएनन्।अरु त अरु पचास रुपिया उधारा खोज्दा पनि सेतेलाई कसैले दिएनन् त्यस्तो दुखःमा कसैले केहिछैन चिन्ता नमान्नु भनेर सान्तबना दिदा झन पिडा बोधनै हुन्थ्यो।तर त्यो पनि कसैबाट भैन।अन्तःमा जसरी तसरी समस्या हल गर्नै पर्छ।आफ्नो त्यो समस्यालाई पछि फर्केर नियाल्दा बल्ल रामको दुःखलाई सेतेले महेशुर्ष गर्ने पर्यात्न गय्रो।जस्लाई पर्छ उसैलाई थाहा हुँन्छ दुःख र दर्दको ब्यथा।
(कथा र पात्र काल्पनिक हो,कसैको नीजि जीवन सँग मेलखान गयमा मात्र सञ्जोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार