शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • सर्लाहीमा छिमेकीले आगो लगाएका घाइतेको मृत्यु

सर्लाहीमा छिमेकीले आगो लगाएका घाइतेको मृत्यु

  • मङ्लबार, बैशाख २१, २०७८
सर्लाहीमा छिमेकीले आगो लगाएका घाइतेको मृत्यु

२१ वैशाख, जनकपुरधाम — सर्लाहीमा छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा भएको छ ।

ईश्वरपुर नगरपालिका–घारिबथान निवासी शियाशरण रायलाई छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । ५८ बर्षीय रायलाई छिमेकी ३५ वर्षीय शिवजी साहले पेट्रोल छर्केर सोमबार बिहान आगो लगाएका वडाध्यक्ष नागेन्द्रकुमार पाख्रिनले जानकारी दिए ।

आगो लागेर गम्भीर अवस्थामा शियाशरणलाई धनुषाको लालगढमा प्राथमिक उपचार गराई थप उपचारका लागि हेलिकप्टरबाट सोमबारै काठमाडौंको कीर्तिपुर अस्पताल लगिएको थियो ।

उनको उपचारका क्रममा मंगलबार त्यहीं मृत्यु भएको परिवारजनलाई उधृत गर्दै वडाअध्यक्ष पाख्रिनले जानकारी दिए । पाख्रिनका अनुसार शियाशरणमाथि पेट्रोल छर्केर आगो लगाउने शिवजी आइतबार मात्रै वैदेशिक रोजगारीबाट घर आएका थिए ।

‘शिवजीले उनलाई किन पेट्रोल छर्केर आगो लगाएका हुन् भन्ने कुरा आफूलाई थाहा हुन सकेको छैन’ वडा अध्यक्ष पाख्रिनले अनलाइनखबरसँग भने, ‘द्ुःखद घटना भएको छ । बाँकी कुरा बुझ्ने काम गर्दैछु ।’

आगो लगाउने शिवजी फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार