शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित भएका २० जिल्ला

यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित भएका २० जिल्ला

  • मङ्लबार, बैशाख २१, २०७८
यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित भएका २० जिल्ला

२१ वैशाख, काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म २० जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा बढी रहेको जनाएको छ ।

प्रदेश १ का ३, प्रदेश २ का २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका ६/६ तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १/१ जिल्ला गरी २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ, सुनसरी र झापामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । यसैगरी प्रदेश २ का धनुषा र पर्सा, बागमती प्रदेशका काठमडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक र मकवानपुर, लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया र कपिलवस्तुमा ५०० भन्दाबढी सक्रिय संक्रमित रहेका छन् । यसैगरी गण्डकी प्रदेशको कास्की, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी १४ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा प्रदेश २ का बारा, रौतहट र महोत्तरी, बागमती प्रदेशका नुवाकोट, धादिङ र सिन्धुपाल्चोक, गण्डकीको गोर्खा र नवलपरासी (पूर्व), लुम्बिनीका नवलपरासी (पश्चिम), अर्घाखाँची र गुल्मी तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बैतडी र डडेल्धुरा छन् ।

चर्चामा

सम्बन्धित समाचार