शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा लकडाउन : के गर्न हुने र के गर्न नहुने (सुचिसहित)

बाजुरामा लकडाउन : के गर्न हुने र के गर्न नहुने (सुचिसहित)

  • मङ्लबार, बैशाख २१, २०७८
बाजुरामा लकडाउन : के गर्न हुने र के गर्न नहुने (सुचिसहित)

बाजुरा — बाजुरामा बुधबारबाट लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले सार्बजिकन सुचना जारी कोरोना महामारीबाट आफु पनि बचौ र अरुलाई पनि बचाउँ भन्ने नाराका साथ बुधबारबाट लकडाउन गर्ने निणर्य गरेको हो ।
यस लकडाउनको अबधिमा के गर्न हुन र के गर्न नहुन भन्ने पनी जिल्ला प्रशासन कार्यालय बाजुराले सुची तयार गरेको छ । बाजुरा जिल्लामा कोरोनाको महामारी फैलन नदिन बैसाख २२ गते देखि बैसाख ३१ गतेसम्म जिल्लाभर यातायातका साधन तथा पसलहरु बन्द गर्ने निणर्य भएकोले उक्त समयमा

गर्न पाईने वा बन्द रहने कुराहरु
अत्यावशयक काममा मास्क लगाएर बाहेक बिना काम हिँडूल गर्न पाइदैन ।
कुनै पनि भेला , बैठग , भोज भतेर आदि आयोजना गर्न पाईने छैन ।
तोकिएका बाहेक अन्य कुनै पनि यातायतका साधन चलाउन पाईनेछैन ।
सामाग्री ढुवानी गर्ने सवारी साधनमा चालक र सहचालक बाहेक अन्य ब्यक्तिलाई चढाउन पाईनेछैन ।
खाद्य सामाग्री र निर्माण सामाग्री बाहेक अन्य पसल तथा होटल रेष्टुरेण्टहरु खोल्न पाईने छैन ।
सरकारी वा गैरसरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछ ।
बजार सामानको अभाव गराउन वा मुल्यबृद्धि वा कालोबजारी गर्न पाईनेछैन ।
गर्न पाईने वा खुल्ला रहने कुराहरु
खाद्यान्न ,फलफुल , तरकारी लगायतका अत्यावश्यक खाद्य सामाग्री र निर्माण सामाग्री पसल बिहान ६ बजे देखि १० बजेसम्म र आवश्यक भएमा दिउसो ४ देखि ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइनेछ ।
अत्यावश्यक खाद्यसामाग्री तथा निर्माण सामाग्री निर्वाध रुपमा ढुवानी गर्न पाईने छ ।
औषधि पसल तथा स्वास्थ्य संस्थाहरु जुनसुकै बेला खुल्ला हुनेछन् ।
समाचार संकलनको सिलसिलामा अत्यावश्यक परेमा सञ्चारकर्मीहरुले स्वास्थ्य मापदण्ड पालना गरेर हिँडडुल गर्न सक्नेछन ।
बैँक तथा बितीय संस्थाहरु निश्चित समय खुल्ला रहनेछन्
समस्या वा गुनासो भएमा के गर्ने ?
बजारमा मुल्यबृद्धि वा कालोबजारी भएमा वा अत्यावश्यक सामाग्री अभाव भएमा वा सर्वसाधारणलाई कुनै समस्या परेमा तथा अत्यावशयक सामान ढुवानी गर्दा जिल्लाभित्र वा बाहिर कुनै अवरोध भएमा सहजीकरणका लागि नजिकको प्रहरीको सहयोग लिन वा निम्न नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ ।
सहाएक प्रमुख जिल्ला अधिकारीको टेलिफोन नम्बर ९८५८४८०८१४
जिल्ला प्रहरी प्रमुखको टेलिफोन को नम्बर ९८५८४४५५५५
प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५८४४७७७७
कोरोना महामारी हो त्यसैले लापरवाही नगरौँ । आफु बचौँ । र अरुलाई पनि बचाऔँ ।
जिल्ला प्रशासन कार्यलय बाजुरा

चर्चामा

सम्बन्धित समाचार