शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा निषेधाज्ञा जारी कुन पालिकामा के गर्न हुने के गर्न नहुने ?

बाजुरामा निषेधाज्ञा जारी कुन पालिकामा के गर्न हुने के गर्न नहुने ?

  • शनिबार, बैशाख १८, २०७८
बाजुरामा निषेधाज्ञा जारी कुन पालिकामा के  गर्न हुने  के गर्न नहुने ?

बाजुरा — बाजुरामा पनि  निषेधाज्ञा जारि हुने भएको छ । शनिवार बसेको जिल्ला स्तरीय कोभिड संकट ब्यबस्थापन केन्द्रको बैठकले जिल्ला प्रशासन कार्यलय बाजुरालाई निषेधाज्ञा गर्नका लागि सिफारिस गरेको छ ।
बैशाख १९ गते बिहान ५ बजेदेखी बैशाख मसान्त सम्म लागु हुने गरि निषेधाज्ञा जारि गरेको छ । हिमाली गाउँपालिका १३ जनालाई एकै दिन काेराेना संक्रमण देखिएपछि निषेधाज्ञा जारि गर्ने निणर्य गरेको साहयक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी समिर भण्डारीले वताएका छन् । हिमाली गाउँपालिकामा अत्याआवश्यक बाहेक सम्पुण यातायातका सेवा व्यक्तिगत आवागमनमा रोक लगाउने गरि निषेधाज्ञा जारि भएको जनाएकाे छ ।
हिमाली गाउँपालिका जिल्लाको दुुर्गम र हुम्ला र मुगु सँग जोडिएको गाउँपालिका हो । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जिल्लामा काेराेना जाँचको डायर बढाउनका लागि एन्टिजन किटको पहलका लागि प्रदेश र संघ सरकार सँग पहल भइरहेको  वताएका छन् ।
बजारमा अत्यावश्यक बस्तुको अभाब हुन नदिन, कालोवजारी कृत्रिम अभाब हुन नदिनका लागि सम्बन्धि सरोकारवालाको सहभागितामा बजार अनुुगमन गर्ने भएको छ । सेवाग्राहिको भिडभाड हुने कार्यलयमा भिडभाड नहुने गरि सेवाप्रवाह गर्न आग्रह गरेको छ । बाजुरामा ३८ जना कोरोना संक्रमित देखा परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार