बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • डिप्रेशन!लघुकथा!

डिप्रेशन!लघुकथा!

  • शुक्रबार, बैशाख १७, २०७८
डिप्रेशन!लघुकथा!

सुरेशकुमार पान्डे–सानै देखि फुर्शेले सुख भन्ने त के हो थाहा पाएन।बा नभयको टुरालाई कयौँ समस्याहरु त पर्छनै झन गरिब मान्छेका छोरा छोरीको बेग्लै समस्या हुन्छन।बा मरे पछि दाईछुट्टिए बिचरा फुर्शेको बटा मा पन्द्र सय रिन परेको थियो।धनी हरु छुट्टिदा धन बाँट्छन गरिब छुट्टिदा रिण बाट्छन।उस्तै फुर्शे को दाई छुट्टिदा खेरी बाले लगाएको मध्य रिण फुर्शेलाई पनि परेको हो।
छुट्टेपछि उ रिण बोकेर एउटा कटेरोमा सय्रो बाबाको सम्पत्ति भनेको त उन्ले जन्माएका स-साना भाई बैनानै थिए।उनिहरुको पर्वरिश गर्ने पालण पोशण गर्ने जिम्मा फुर्शेको काँधमा आयो।त्यो घरको अब जेठो बाठो त्योनै थियो।हुन त फुर्शे की आमा मति पनि त्यो बेला बैँशालु थिईन।आर्काको काम गरेर आफ्ना छोरा छोरी पाल्ने हिम्मत थियो।तर महिला भनेको महिलानै हो,एक तिर पढ्न-लेख्न नजान्ने आर्को तिर्फ कुनै आयश्रोत पनि थिएन।पाटोमा उब्जिएको अन्नले त तिन मैन पनि त्यो जहानलाई खान पुग्दैनथ्यो।
फेरी पनि हताश निरश नभयर दिनोरात नभनी बारीमा उनिहरुले काम गर्थे।न त घरमा द्वान न कुनै राम्रो खान्की तरपनि बच्चाहरुले गुजारा गरिरहेका थिए।भन्निन्छ भोक लागे पछि जेसुकै भोजन भयपनि मिठो लाग्छ।त्यो बेला प्रसस्तै पाईने सिस्नो मात्रै पकाएर पनि छाक टार्ने गरे।तर बाउले लगाएको रिन त छोराले तिर्नै पर्छ।
यो अबस्थामा पनि गैँठे साहुले भने पैसा माग्न छाडेन उ केहिदीन बिराउँदै पैसा माग्न गैईनै राख्थ्यो। आखिर उस्ले पनि त दिएकै पैसा होला किन छाडोश।के हो पैसा नतिर्ने हो कि क्या हो मती?आचानक बिहानै गैँठे साहु आएर गोठमा ठिङ्ग उभिएको थियो।जिउ गरे बाजे!मति झसिङ्गिदै दुई हात जोडेर निउँरीन्छीन।किन हो पैसा न दिने?गैठेले प्रश्न गर्छ।काँ बाट दिम बाजे हेर्नुश त यि स-साना बाल बालिका लाई हुर्काउँनै सकि राखेकि छैन!भन्दै मतिले बिन्ति गर्छिन।फुर्शे ले अलि पर बाट कुरा सुन्दै थियो।घरी गैठे लाई गैठालेनै हानम कि जस्तो लाग्थ्यो तर पनि उ त्यो बेला सानै थियो त्यही भयर बोल्ने हिम्मत पनि भयन।
सबैका हुन्छन छोरा-छोरी त रुपिया तिर्न सक्दैनौ भने मलाई खेत दिए त भैहाल्छ नी!साहुले खेत तिर ईसारा गर्दै भन्छ।यही एउटा खेत र बारी बेचे पछि कसरी पालौँला यि दुध मुखे केटा-केटी?मतिले प्रश्न राख्छिन।जसरी जन्मायौ उस्तै गरि हुर्काउने मलाई थाहा छैन बुझ्यौ।मलाई आर्को मैन मा या त पैसा दिए या फेरी खेत कम्मितिमा ब्याज भयपनि बुझाए!भन्दै आफुले उचालेको कोईचो (छाताको डंडी जस्तो)वेदको लठ्ठाले खामा मा ठाई पार्दै जान्छ।फुर्शेले त्यो सबै टाडा बाट उभिएर हेरीरहेको र सुनेको थियो।गैठे साहु बाटा लागेपछि मतिले भाँडा मिश्न थालिन।फुर्शेपनि आमाको नजिक आयो।
जेई(पहाडमा आमालाई जेई भन्ने चलन थियो) एउटा कुरा भनौ?मतिले छोरा तिर नियाल्दै उस्को कुरा सुन्न खोज्छिन।हामि साना छम हजूरले काम गरेपनि हामिलाई खान लाउन अपुगनै भएकोछ।यस्तो अबस्थामा कैले त्यो गैठेको रिन तिरेर सकौला?मेरो बिचारमा हाम्रो त्यो डाडाँको खेत लाई बेचौ र रिण मुक्त हौँ।नत्र ब्याजै ब्याजमा त्यो खेत जानेछ भन्दै आमालाई सुझाब दिन्छ।त्यो बेला पनि सालाना अट्ठार फिशिद ब्याज दिनु पर्थ्यो।
आमाले फुर्शे तर्फ स्नेह पुर्वक हेर्छिन।उन्का आँखा राता थिए साहिद उनि रातैभरी यहि चिन्तामा सुतेकि थिएनन्।एका तिर साहुको रिण आर्को तर्फ यि स-साना केटा केटीको पालन पोषण गर्ने समस्याले मतिलाई चिन्ता ग्रस्त पारेको थियो।एकातिर लोग्ने मरेका अनि कमाउँने छोरा छुट्टिएको अर्को तर्फ साहुको रिण स-साना बाल बच्चाहरुको पर्वरीश गर्ने चिन्ता यि सबै समस्याहरुले मतिलाई डिप्रेश्न तर्फ डोराउँदै थियो।फुर्शेले आमालाई दिनौदिन चिन्तामा रहेको महेशुर्ष गर्द्थ्यो।तर पनि सदै खुसि गराउँने उदेश्यले केहीन केही हाँशो ठट्टा गर्थ्यो। साथै आमा सँग सँगै बारीमा काम गर्न जान्थ्यो।आमाले केही नबोली उठिन र भाडा धोएको लिएर भित्र पुगिन।उन्को मनमा अहिले फुर्शेको कुराले केही असर गरेको थियो।किन भने ब्याजे रिणले त साँचै केही बर्षमा त्यो खेत ब्याजमै लग्थ्यो गैठेले।मतिले मनै मनमा अब फुर्शे ठुलो भयो भन्ने ठानिन।फुर्शे पनि भित्र जान्छ,ला खाउ भन्दै एउटा मकैको रोटीलाई पाँच भाग गरेर त्यसको एक भाग फुर्शेलाई दिन्छिन।गोल भेडाको चट्नी सँगै खुबै मिठरी खान्छ।उस्ले खाएको मतिले नियालि रहेकी थिन अनि उनका आखा पनि रसाएका थिए धोतीको सप्काले आफ्नो आँसु पुच्छदै छोरा तैले भनेको जस्तै गरौँ खेत बेचौँ रिण चुक्ता गरौँ!आमाले भन्दा फुर्शे पनि हर्शित हुन्छ।
आखिरमा त्यो खेतलाई त्यही साउलाई दिन्छन र त्यो बाट छुट्टारा पाउँछन।
आमालाई धेरै हलुको भयको महेशुर्ष त्यो फुर्शेलाई भयो।वास्तबमा यदि त्यो खेत राखेको भय दिनौ दिन साहुको टोकसोमा परेर मति डिप्रेशन ग्रस्त हुँने निश्चित थियो।अब हामिले केही न केही गर्नु पर्छ जेई!फुर्शेले आमालाई भन्छ।के गर्ने अब?मतिले सोध्छिन।म लाहुर जान्छु कमाउँन केही पैसा कमाएर आउँछु!भन्दै आमा सँग सल्हा गर्छ।फुर्शेलाई थाहा थियो कयौँ पल्ट आमाले म मोर्छु भन्ने गर्थिन तर फुर्शेको मुख हेरेर उन्ले त्यो कदम उठाईनन्।
फुर्शे केही दिन पछि लाहुर हिँड्छ अनि मतिले छोराछोरीहरु लाई स्यार सुसार गर्छिन।एउटा भैँशिको पाडि किनेर पाल्छिन बेला बखतमा निमेक गरेर छोरा छोरीलाई पढाउँने लेखाउँने गर्छिन।आफ्नो गोठमा भयका तिनै लाला बालामा भुल्छिन उनैको सुसारमा सब थोक बिर्शिदै जान्छिन।फुर्शेले एउटा चियाको होटेलमा काम गर्छ।अनि बिस्तारै त्यो घरको झिना मसिना समस्याहरु हराउँदै जान्छन।यहि आमा छोराको तालमेल बाट आमा डिप्रेशन मुक्त हुन्छि। पुरै परिवार का सुस्त सुस्त समस्याहरु हल हुँदै जान्छन।
भनिन्छ समस्याहरुले नै मानिशलाई शिक्षा दिन्छ शंघर्ष गर्ने प्रेणा दिन्छ।तर त्यसलाई प्रयोग गर्ने तौर-तरिकामा निर्भर हुँन्छ।मानिस चिन्तित भयो भने कामहरु सफल हुँदै पनि जान्छ,तर काम बिग्रियो भनेर गरेको चिन्ताले उस्लाई डिप्रेशन तर्फ डोराउँछ। हिँजो आज यो डिप्रेशन भन्ने रोग परायजसो युवाहरुमा बढि हुँनथाल्यो।भबिश्यमा फुर्शेले डिप्रेशन रोगिहरु कफुर्शेले डिप्रेशन रोगिहरु कयौँ भेटायो।त्यही मध्य कयौँको घर बिग्रिएको,कयौँले आत्माहत्या गरेको पनि देखियो।भर्खरैको कुरा हो एउटा होनहार बिध्यार्थिले कलिलो उमेरमा झुण्डिएर आफ्नो जिवन लिला समाप्त गरेका थिए।फुर्शेले त्यो बिध्यार्थिले गरेको आत्म हत्याले आफ्नै बिगतलाई झझल्कायो।उनि त मरेर गए तर जीवीत आमा बा लाई त्यो रोग नलागोश यो दुःखो घडि झेल्न सक्ने हिम्मत पलावश। २९-०४-२०२१, कथा काल्पनिक हो जस्का पात्रहरुको नाम काल्पनिकहो।कसैको जिवन सँग मिल्न गयोभने मात्र सञ्जोग हुनेछ।)

चर्चामा

सम्बन्धित समाचार