शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण

  • बुधबार, बैशाख १५, २०७८
गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण

पोखरा– गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभामा दोस्रो दिन अर्थात् मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेपछि सबै सांसदको पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षण रिपोर्टमा ३ सांसदलाई कोरोना पुष्टि भएको हो । सत्तारुढ पार्टी नेकपा एमालेका दुई र प्रतिपक्ष नेपाली काँग्रेसका एक सांसदलाई कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।

पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसदहरुले प्रदेशसभा बैठकमा भाग लिन पाउने छैनन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान गर्नबाट भने उनीहरुलाई वञ्चित नगरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

उनीहरु आफ्नै निजी सवारीमा आएर मतदानमा भाग लिन पाउने छन् । पीसीआर रिपोर्ट पोजेटिभ आएका सांसदले संसदका अन्य प्रक्रियामा भने भाग लिन पाउने छैनन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आन्तरिकरुपमा सांसदहरुलाई परीक्षणका क्रममा देखिएको रिपोर्टको बारेमा जानकारी गराइसकेको प्रदेशसभा सदस्य दीपक कोइरालाले बताए ।

चर्चामा

सम्बन्धित समाचार