बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

  • बुधबार, बैशाख १५, २०७८
विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

विराटनगरस्थित नोबेल अस्पतालमा २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । झापाका ५५ वर्षीय पुरुष र मोरङ कटहरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पताल प्रबन्धक नारायण दाहालले गएराति उनीहरु दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताए । झापाको ती पुरुषलाई चार दिन अघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । उनमा मधुमेहको समस्या समेत रहेको थियो ।

त्यसैगरी, कटहरीका संक्रमित पुरुष तीन दिनअघि अस्पताल भर्ना भएका थिए । अस्पताल भर्नाको क्रममा नै उनमा निमोनियाको संक्रमण रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार