शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • दाङका पत्रकारसहित दुईजना संक्रमितको मृत्यु

दाङका पत्रकारसहित दुईजना संक्रमितको मृत्यु

  • बुधबार, बैशाख ८, २०७८
दाङका पत्रकारसहित दुईजना संक्रमितको मृत्यु

८ वैशाख, बुटवल — कोरोना संक्रमित दाङका एक पत्रकारको उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ का ४० पुरुषको काठमाडौंमा मंगलबार राति मृत्यु भएको हो ।

केही हप्ता पहिले टाइफाइड देखिएका उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए । पछि काठमाडौं लगिएको थियो।

भेरी अस्पतालमा नेपालगन्जका संक्रमितको मृत्यु

उता भेरी अस्पताल नेपालगन्जमा उपचाररत बांकेको नेपालगन्ज- १२ का एक पुरुषको मृत्यु भएको छ । ७० वर्षीय ती पुरुषको उपचारकै क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् ।

उनी चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६५ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार