बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाबाट ५ वर्षमुनिका साँढे तीन हजारभन्दा बढी संक्रमित, १० जनाको मृत्यु

कोरोनाबाट ५ वर्षमुनिका साँढे तीन हजारभन्दा बढी संक्रमित, १० जनाको मृत्यु

  • सोमवार, बैशाख ६, २०७८
कोरोनाबाट ५ वर्षमुनिका साँढे तीन हजारभन्दा बढी संक्रमित, १० जनाको मृत्यु

काठमाडौँ–कोरोना भाइरसको महामारी सुरु भएदेखि यता अहिलेसम्म नेपालमा तीन हजारभन्दा बढी ५ वर्षमुनिका बालबालिका संक्रमित भएका छन् ।स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार अहिलेसम्म तीन हजार ५ सय ६५ जना ५ वर्ष मुनिका बालबालिका संक्रमित भएको जनाएको छ ।

त्यस्तै अहिलेसम्म १० जना बालबालिकोको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै अहिले बालबालिकाहरु उच्च जोखिममा रहेका छन् ।स्वास्थ्यकर्मीहरुले दोस्रो लहर पहिलो भन्दा बढी खतरनाक भएकाले यसले बालबालिका र बृद्धबृद्धाहरुलाई अझै छिटो संक्रमण हुने बताएको छ ।

रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यो उमेर समूहको मानिस कोरोनाको उच्च जोखिममा पर्ने स्वास्थ्यकर्मीहरुले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार