बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • के शुद्ध लेख्न नसक्नेहरु भित्र कुनै प्रतिभा हुँदैन?

के शुद्ध लेख्न नसक्नेहरु भित्र कुनै प्रतिभा हुँदैन?

  • सोमवार, बैशाख ६, २०७८
के शुद्ध लेख्न नसक्नेहरु भित्र कुनै प्रतिभा हुँदैन?

सुरेशकुमार पान्डे– पहाडमा कहिलेई स्कुल न देखेका एक जना हामिले बुढा भन्थ्यौँ उँहाले हलो,जुवा,हरीश बनाउँनु हुन्थ्यो अनि डोको,डालो बुन्ने सेउँ,मान्द्रो र दाम्ला नाम्लाहरु पनि बेच्नु हुँन्थ्यो। मौरीका घम्ब बनाएर राख्नु हुँन्थ्यो।केहि घम मौरी पाल्नु भयको पनि थियो,र मह पनि बेच्नु हुँन्थ्यो।
चुत्राघारे ज्यु ले मादल र बन्दुक समेत बनाउँनु हुँन्थ्यो।
कयौँ कलाकारहरुले रचेका गीतहरु अहिलेपनि समाजमा मान्छेहरु द्वारा गुन गुनाईन्छन।कयौँले बाँसुरी कति राम्रो बजाउँनु हुन्छ अन पढ भयर केभयो?
प्रसिद्ध रचनाकार मेक्सिम गोर्कीले आफ्नो एउटा साक्षेतकारमा भन्नु हुन्छ”म आफ्नो घुमन्ते अबस्थामा लेख्दा लेख्दै कति बेला साहित्यकार भयँ मलाई पत्तै लागेन” भन्नु हुँन्नुहुन्छ।उनि सानै देखि मज्दुरी गरे शमुन्दरको बगरमा हातले नक्सा बनाउँने बालुवामा र लेख्न सिकेका थिए।उन्को उपन्याश”आमा”लाई पढ्नु भयो भने हजूरलाई मैले केहि भन्नु पर्दैन।
यस्ता कयौँ उधारणहरु छन जो अनपडहरुले ईतिहाशमा कयौ् आफ्ना अमुल्य प्रतिभाहरु छाडेर अस्ताएका छन।
साहित्यिक जगतमा मानिशले आ-आफ्ना प्रतिभाहरु लाई कला लाई,तिखारने र यो चराचर जगतलाई सिङ्गार्ने पनि गरेकाछन।
हामि लाई थाहाछ पहिले मानिशहरुको उत्पति हुँनु अगाडि लिपि थिएन,मानिशले आफै आबस्याकतानुसार तैयार पारेर समाजमा पस्केका हुँन।तर एक जना कविले खोला सुस्यायो चरा करायो रुखका पातहरु हल्लिए भने तिनैलाई आधार बनाएर कवीताहरु पस्किए रचना गरे त्यो बेला शुद्धताको अंश थिएन।खोला पहिले देखि सुस्याउँथ्यो तर कवीको जनम पछि भयो।
जस्तै जस्तै समाजमा बिकाश हुँदै गयो रचनाहरु निर्माण हुँदै गए।
हिँजो एउटा अपिल निकाल्दा हामिलाई पन्द्रदिन पनि लाग्यो।किनकी परेशमा कम्पुटर सिस्टम थिएन हातले एक एक शब्द प्रेशमा राखेर तैयार पार्दा समय लाग्थ्यो।अहिले त्यो ईतिहाशको बिषय भयो।मानिशले पनि बस्तुलाई देखेर बिचारमा बिकाश गर्दै गयो।एकजना आँखा नभयका कहिले स्कुल न देखेकाले कयौँनाटक लेखहरु लेखेर कयौँ पुस्तिका प्रकाशन गरेका पनिछन।उनि भित्रको साहित्यिक प्रतिभालाई खोजेर उन्को भनाईनुसार अरुले तैयार पारेका हुन्छन।
एक जनाले प्रश्न राख्नु भयो आफैले असुध्द लेखेर अरुलाई शुद्धताको नसिहत दिनु भयो।आखिर उँहा त्यति जानकारनै हो भने अरुका राम्रा प्रतिभालाई शुधारेर लेखेर सहयोग गर्न किन सक्नु भयन?किनकी उँहामा अहेँकार थियो जस्ले गर्दा आफुलाई अब्बल दर्जाको लेखक देखाउँने प्रयातनमा आर्कालाई खस्लान खोज्नु भयो।
नेपालमा प्राईमरी स्कुल पढेर भारतमा पैसाले डिग्रि किनेर कयौँले सरकारी जागिर पनि खाएकाछन।कयौँ प्रत्रकारिता पनि गर्दैछन।अनि तिनैले अरुलाई सुद्धताको नसिहत पनि दिन्छन त्यो ठुलोकुरा होईन।यो हाम्रो समाजको बिडम्बनानै हो।एउटा जुता बनाउँनेको छोरालाई पनि जुत्ता बनाउँछ भनेर गिन्ति गर्नुलाई कदापि उचित भन्न मिल्दैन।एउटा मोचीको छोरा डाक्टर र एउटा डाक्टरको छोरा मोची पनि हुनसक्छ।तर हाम्रो समाजमा मास्टरको स्वास्निलाई अनपढ भयपनि मास्टरनी नै भन्छन,अनि एउटा लाहुरेको छोरालाई लाहुरे त्यो सामन्ति सोँचले कयौलाई रोघी बनाएको तथ्य भन्न सकिन्छ।

हामि त्यो गरिबीमा जनम्यौ जँहा एक छाक खानको लागि दिनैभरी आर्काको वा आफ्नै पनि घरको काम गर्नु पर्थ्यो।अलि अलि खान पुग्ने जमिन भयकाहरुले पनि कयौँ “लाला बाला”भन्नाले गाई बाख्रा पालेका थिए जस्को लागि बिहान देखि बेलुका सम्म उनिहरुको स्यार सुशारमा लाग्नु पर्ने हुन्थ्यो।
सानै देखि घाँस दाउरा गाई बाख्रा वा भैँशिका ग्वाला अनि समय मिले पछि कता कति पाठशाला जाने गर्थे।पाठ साला जानलाई पहाडमा बिहान भरी कम्तिमा पनि एक डेढ घन्टा हिँड्नु पर्थ्यो।गरिबीले गर्दा कसै कसैले प्राईमरी स्कुल पछि आफ्ना छोराहरुलाई पढाउँन सक्दैनथे र लाहुर पठाई दिन्थे उनिहरुको बिचारमा दुई चार सय कमाएर पठाए घरमा नुन तेलको बाटो हुन्छ!त्यहि मध्यका मानिसहरु आफ्नो अमूल्य कला प्रतिभाहरुलाई समाजमा पोख्न सकेनन् र उनिहरुमा लुकेको शुन्दर प्रतिभाहरु उनि सँगै मरेर गय।कयौँ त्यो बेलाका शाशक ठग, र शोशकहरु जस्ले गरिबलाई ठगे उनिहरुले सामन्तहरुको आडमा आफ्ना छोरा छोरीहरुलाई ठुला सहरमा पठाए जो कलकत्ता बनारस र काठमाडौ जस्ता सहरमा पठाएर उच्च डिग्रि हाशिल गराए। उनैले शाशकहरुको गुणगान गरे परिणाम शामन्ति सोचको बिकाश भयो र राजतन्त्रको आयु बढ्यो।अनि राजाको छोरा राजा, शोशकको छोरा शोशक, फटाहको छोरा पठाह भयो,भने गरिबको छोरा गरिब र लाहुरे हुँदै गयो।अहिले जब उस्ले राम्रो ज्ञान बिग्यानकका कुरा गर्छ, आफु भित्रको प्रतिभा पोख्छ त्यसलाई शुद्ध लेखेन भनेर अन्देखि गर्ने उसको उपहाश गर्ने र उस्लाई अगाडि बढ्न बाट रोक्ने उनै सामन्ति शोच भयका ब्याक्तिहरुले गर्ने गर्छन।ताकि राम्रो प्रगतिशिल बिचार अगाडी बढ्न नसकुश।
यदि ति गरिब लाहुरे,मज्दुर र कमैयाहरुको भित्र लुकेका प्रतिभा समाजभित्र ब्यापक आउँछन भने बर्तमान यो गले-सडेको समाजलाई उखलेर फाल्नेछन।किन भने गरिब श्रमजीवी बर्गहरुले मात्रै त्यो परिवर्तनको नेतृत्व गर्न सक्षेम हुन्छन।तर उनिहरु कम पढे लेखेका वा देशका बाहिर परदेशमा बसेकोले उनिहरुमा नेपाली भाषाको शुद्दता हुँदैन।
हामि मध्य धेरैमा शुद्ध लेख्ने क्षामता छैन तर हामि भित्र यो समाजलाई बदलन सक्ने क्षामता भनेछ।अहिले पहिले झैँ कुनैले पनि गलति नगरौँ कसै सँग सुद्ध लेख्ने क्षामता छैन भने पनि उस्लाई उस्का शब्दहरुलाई सच्चाएर उस्मा भयका राम्रा देश र जनताका हितमा आउँने बिचारलाई प्राथमिकता दिएर अगाडि बढ्न सहयोग गरौँ।हामिले कोसिश गरेर आफुमा भयका तुर्टीहरुलाई हटाउँने प्रयाश भने गर्नै पर्छ।छर पनि आफ्नो प्रतिभालाई लुकाउँने र पस्किन डराउने गर्नु गलत हुन्छ।कयौ सामाजिक ब्याक्तिहरु स्कुल नगएका माष्टरहरु पनिछन।किन की उनिहरुले समाज सेवाको रुपमा आफुले सकेको योगदान दिएकाछन जस्लाई परेणा ठानेर कयौँले उन्को योगदानलाई अप्नाएकाछन यो माईनेमा उनिहरु माष्टर बनेकाछन।गुरु बनेकाछन।कृपया पढे लेखेका ब्याक्ति बुद्धीजीवीहरु कहिलेपनि घमण्ड देखाउँनु हुँदैन बरु समाजमा भयका बिकृतिलाई हटाउँन देशको हितमा जनताको प्रतिनिधित्व गर्न सिकौँ।

चर्चामा

सम्बन्धित समाचार