शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना पुष्टि भएका एक जना नाकाबाटै फरार

कोरोना पुष्टि भएका एक जना नाकाबाटै फरार

  • सोमवार, बैशाख ६, २०७८
कोरोना पुष्टि भएका एक जना नाकाबाटै फरार

कोरोना संक्रमण पुष्टि भएका एक जना नाकाबाट फरार भएका छन् ।

भारतबाट नेपालतर्फ आएकाहरुको एन्टीजेन विधिबाट गरिएको परीक्षणका क्रममा आइतबार ४ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये एक जना फरार भएका हुन् । उनी नेपाली नागरिक हुन् भने, संक्रमित अन्य तीन जना भारतीय रहेको बताइएको छ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी व्यस्त रहेको मौका छापेर संक्रमित युवक वीरगञ्ज नाकाको हेल्थ डेस्कबाट फरार भएको बताइएको छ ।

वीरगञ्जमै घर भएका युवकको सुरक्षाकर्मीले खोजी गरिरहेको छ । तर उनी मोबाइल स्वीच अफ गरेर बसेका छन् । फरार भएका संक्रमित युवकको खोजी भइरहेको नाकास्थित इनर्वा प्रहरी चौकीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार