शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • बझाङ्गमा दोहोरो नागरिकता कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बझाङ्गमा दोहोरो नागरिकता कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • सोमवार, बैशाख ६, २०७८
बझाङ्गमा दोहोरो नागरिकता कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बझाङ्ग– बझाङ्गमा दोहोरो नागरिकता कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङ्गले दोहोरो नागरिकता कसुरमा मुद्दा खेपी फरार रहेका सुर्मा गाउँपालिका १ का अन्दाजी ३० वर्षीय हरिश भन्ने जहरी बोहरालाई पक्राउ गरेको हो।

जिल्ला अदालत बझाङ्गले उनलाई दोहोरो नागरिकता कसुरमा २०७१ जेठ २७ गते ११ महिना ३ दिन कैद र २० हजार जरिवाना सजाय सुनाएको थियो।

प्रहरीले उनको खोजतलासी गर्दा निजकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

उनलाई कैद र जरिवाना भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बझाङ्गका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल चौधरीले बताए।

चर्चामा

सम्बन्धित समाचार