मङ्लबार, असार १, २०७८
  • होमपेज
  • समाचार
  • दाउन्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

दाउन्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

  • आइतवार, बैशाख ५, २०७८
दाउन्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

५ वैशाख, नवलपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् ।

दुर्घटनामा घाइते भएका ३१ यात्रुमध्ये तीन जनाको गएराति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । घाइतेहरुको भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ आफैं अनियन्त्रित भई दाउन्नेमा दुर्घटना भएको थियो । सडकबाट तल भिरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले घाइतेको उद्धार गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार