बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • बैतडीमा हतौडाले हिर्काएर मामाले गरे भाञ्जाको हत्या

बैतडीमा हतौडाले हिर्काएर मामाले गरे भाञ्जाको हत्या

  • शनिबार, बैशाख ४, २०७८
बैतडीमा हतौडाले हिर्काएर मामाले गरे भाञ्जाको हत्या

धनगढी : बैतडीमा हतौडाले हिर्काएर मामाले भाञ्जाको हत्या गरेका छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ का अन्दाजी २२ वर्षीय मामा नारायण भुलले १५ वर्षीय भाञ्जा महेश भुलको टाउकोमा हतौडाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए ।

उनले दिएको जानकारी अनुसार सो घटना शनिबार विहान साढे ८ बजेको समयमा भएको हो । उनले भने, “अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ, प्रक्रिया पु¥याई शवलाई पोष्र्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।”

तर, के कती कारणले हत्या गरिएको हो भन्ने बारे भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मामा नारायण भुल मानसिक रोगि भएको भन्ने बुझिएको छ ।

चर्चामा

सम्बन्धित समाचार