शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • धनगढीका १८ सहित थप ३१ जनामा कोरोना पुस्टि

धनगढीका १८ सहित थप ३१ जनामा कोरोना पुस्टि

  • शनिबार, बैशाख ४, २०७८
धनगढीका १८ सहित थप ३१ जनामा कोरोना पुस्टि

धनगढी– सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप ३१ जनामा संक्रमण पुस्टि भएको छ।

शनिबार ८९ जनाको नमूना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। संक्रमित हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका १८ जना, घोडाघोडी, भजनी, गोदावरी नगरपालिकाका ३/३ र गौरीगंगा नगरपालिकाका १ जना रहेका छन्।

यस्तै कञ्चनपुरको वेदकोट र कृष्णपुर नगरपालिकाका १/१ जना र बझाङको छेडेदह गाउँपालिकाका १ जनामा संक्रमण पुस्टि भएको छ। हाल सेती अस्पतालमा १९ जना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार दुई जनाको भेन्टिलेटरमा, ६ जनाको आईसीयूमा र ११ जनाको अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार